२ आश्विन २०८१, बुधबार | September 19, 2024

१७७ दिनपछि मुख्यमन्त्री केजरीवाल जमानतमा रिहा


September 13, 2024
249
Shares

एजेन्सी,२८ भदौ । मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली रक्सी नीतिसँग सम्बन्धित सीबीआई मुद्दामा सेप्टेम्बर १२ शुक्रबार जमानत पाएका छन्।

केजरीवाल १७७ दिनपछि जेलबाट बाहिर आउनेछन् । इडी मुद्दामा जमानत दिंदा जुन शर्त राखिएको थियो, सोही शर्त जमानतका लागि पनि अदालतले लगाएको छ ।

दुई अनुसन्धान एजेन्सी (ईडी र सीबीआई)ले केजरीवाल विरुद्ध मुद्दा दर्ता गरेका छन्। उनले ईडी मुद्दामा जुलाई १२ मा सर्वोच्च अदालतबाट जमानत पाएका थिए । आम आदमी पार्टीले यो निर्णयलाई सत्यको विजय भनेको छ ।

प्रवर्तन निदेशालय (ईडी) ले उनलाई मदिरा नीति मुद्दामा मार्च २१ मा पक्राउ गरेको थियो। पछि २६ जुनमा सीबीआईले उनलाई जेलबाट हिरासतमा लिएको थियो।

दुई न्यायाधीशको इजलासले धरौटीमा एकमत भए पनि गिरफ्तारीमा फरक मत राख्दै न्यायाधीश सूर्यकान्त र न्यायाधीश उज्वल भुइँयाको इजलासले सिबिआइको पक्राउलाई नियमबमोजिम भएको ठहर गरेको हो ।

रक्सी नीति मुद्दा– १५६ दिन जेलमा बिताएका केजरीवाललाई २१ मार्चमा ईडीले गिरफ्तार गरेको थियो। १० दिनको सोधपुछपछि उनलाई १ अप्रिलमा तिहाड जेल पठाइएको थियो । मे १० मा, उनी लोकसभा चुनावको प्रचारका लागि २१ दिनको लागि रिहा भएका थिए । ५१ दिन जेलमा बिताएपछि उनी रिहा भएका हुन् । जुन २ मा केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गरेका थिए ।

यदि केजरीवाल आज अर्थात् १३ सेप्टेम्बरमा रिहा भएमा उनी जम्मा १७७ दिन जेलमा रहनेछन् । यसमध्ये उनी २१ दिनको लागि अन्तरिम धरौटीमा रहे । अर्थात् केजरीवालले अहिलेसम्म जम्मा १५६ दिन जेलमा बिताइसकेका छन् ।

प्रतिक्रिया