२ आश्विन २०८१, बुधबार | September 19, 2024

पर्यटनमन्त्री पाण्डेद्वारा नेपाल र भारतबीच थप सिधा हवाई सेवा सञ्चालन गर्न आग्रह


September 12, 2024
166
Shares

काठमाडौं, भदौ २७ गते । भारत भ्रमणमा रहनु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र भारतबीच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न शहरहरुबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा छलफल गर्नु भएको छ ।

भारतको नयाँ दिल्लीमा बुधबारबाट जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनसम्मेलनको साइडलाइन भेटघाटका क्रममा विहीबार भारतका नागरिक उड्डयनमन्त्री राममोहन नाइडु किन्जारापुसँगको भेटमा सो विषयमा छलफल गर्नुभएको हो ।

भेटका क्रममा मन्त्री पाण्डेले नेपालमा हाल थप सञ्चालनमा आएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सहित तीनवटा अन्तर्राष्ट्रिय विमान सञ्चलनमा रहेकाले भारतको बढ्दो गतिमा अघि बढेको नागरिक उड्डयन क्षेत्रले भारतका विभिन्न शहरबाट नेपाली शहरहरुमा थप सिधा उडान तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट सिधै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक संयन्त्र परिचालन गर्न भारतीय पक्षसँग आग्रह गर्नु भएको थियो ।

उहाँले पोखरा नेपालका पर्यटकीय राजधानीका रुपमा विकसित भई रहेको र विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रभण गरे पछि अहिले ठूलो संख्यामा भारतीय धार्मिक पर्यटकले मुक्तिनाथको दर्शन गर्न जाने थालेको स्मरण गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिनन शहरबाटट सिधा उडान भर्न भारतीय उड्डयन कम्पनीहरुलाई प्रोत्साहित गनुपर्ने विषयमा जोड दिनुभएको थियो ।

यसैबीच बुधबार भारतको संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शिखावतसँग नयाँ दिल्लीमा भएको भेटका क्रममा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय शहरहरुबाट सिधा हवाई उडान गर्न भारतीय मन्त्रीसँग आग्रह गर्नु भएको थियो । सो क्रममा भातरीय संस्कृति तथा पर्यटनमन्त्री शिखावतले नेपाल र भारतबीचको प्रभावकारी अपासी सम्पर्क स्थापना तथा सहज आवतजावतको माध्यमबाट दुई देशबीचको संस्कृति तथा सभ्यतागत सम्पर्कलाई थप मजबुत बनाउन सकिने कुरामा जोड दिनुभएको थियो ।

भेटमा विगतमा दुई देशका संस्कृति तथा पर्यटनमन्त्रीहरुबीच सांस्कृतिक सम्बन्ध मजबुत बनाउने विषयमा एक सझादारी पत्रमा हस्ताक्षर भएको र अहिले त्यसको म्याद सकिएकाले त्यसलाई थप परिमार्जन सहित पुन नवीकरण गर्ने विषयमा छलफल भएको थियो ।

भेटका क्रममा मन्त्री पाण्डेले नेपाल र भारतबीच रहेका नाट्य प्रतिष्ठान कला प्रतिष्ठान जस्ता निकायबीच सांस्कृतिक तथा प्राज्ञिक ज्ञान आदानप्रदान गर्ने जस्ता विषयमा पनि छलफल भएको थियो । भारत र नेपलाबीच मानवीय तथा सांस्कृति विषयसँग समबन्धित स्रोतहरु कतै न कतै एक अर्कासँग जोडिएको हुँदा ती विषयमा थप खोज अनुसन्धान गरी सम्बन्धलाई थप मजबुत बनाउने विषयमा दुबै देशका संस्कृतिमन्त्रीबीच छलफल भएको थियो ।

सो भेटका क्रममा पर्यटन तथा संस्कृतिका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई थप गहिराईमा पुर्याउन सकिने विषयमा विचारहरु आदानप्रदान भएको थियो । यसै गरी साइडलाइन बैठकका क्रममा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) दुईपक्षीय,म क्षेत्रीय बहुपक्षीय निकायका प्रतिनिधिहरुसँगको बेग्ला बेग्लै भेटमा नेपालले हवाई सुरक्षाका विषयमा शुरु गरेका नीतिगत सुधार लगायत विषयमा मन्त्री पाण्डेले जानकारी गराउनु भएको थियो ।

सोही क्रममा आइकाओका इरोपियन युनियन एभियशन सेफ्टिी एजेन्सी ९इएएसए० का प्रतिनिधिहरुलाई सरकारले नागरिक उड्डयनका क्षेत्रमा सेवा प्रदायक र नियामक निकायलाई अलग गर्ने विषयमा कानुन निर्माणको कामलाई तीब्रता दिएको र आईकाओको हवाई सुरक्षा अडिटमा गरेको सुधार लगायतका विषयमा जानकारी गराउनुभएको थियो । भेटका क्रममा भएका गहन छलफलमा नेपालले हवाई उड्डयन क्षेत्रलाई थप विश्वसनीय, सबल र सुरक्षित बनाउन देखाएको तदारुक्ता, कानुनी तथा संरचनागत सुधार जस्ता विषयले नेपालका नागारिक उड्डयन क्षेत्रको आत्मविश्वास अभिवृद्धि भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरुले जनाएका छन् ।

आजै दक्षिण कोरियाका नागरिक उड्डयन, भूमि , पूर्वाधार उपमन्त्री जो जोङओनसँग भएको भेटमा नेपाल वायुसेवा निगमका विमानले सिधै कोरियामा उडान गर्ने लगायतका विषयमा छलफल भएको थियो ।
सोही क्रममा बुधबार मन्त्री पाण्डेले भियतनामका यातायाता उपमन्त्री ली आन ट्वानसँग पनि द्विपक्षीय भेट गर्नुभएको थियो भेटका क्रममा नेपाल र भियतनामबीच सिधा हवाई सम्पर्क स्थापित गर्ने लगायतका नागरिक उड्डयनका क्षेत्रमा आपसी सहयोग अभिवृद्धिका विषयमा छलफल भएको थियो ।

यसैगरी मन्त्री पाण्डेले जापानका भूमि, पूर्वाधार, यातायात तथा पर्यटन राज्यमन्त्री कोनोसुकी कोकुबासँग भेट गर्नु भएको थियो । भेटका अवसरमा दुईदेशबीच नागरिक उड्डयन,पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र मानवीय संसाधन विकास लगायतका विषयमा थप सहयोग अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको थियो । यी भेटघाटका क्रममा भियतनामबाट जापान र कोरिया लगायतका देशबाट नेपालमा सिधै हवाई उडान गर्न सकिने वातावरण तयार भएको र सरकारले त्यसका लागि आवश्यक प्रवन्ध गरेको कुरा मन्त्री पाण्डेले जानकारी गराउनु भएको थियो

मन्त्री पाण्डेले बुधबार नयाँ दिल्लीस्थित नेपाली दूतावासको भ्रमण गर्नुभई दूतावासका अधिकारीहरुसँगको भेटमा दुई देशबीच नागरिक उड्डयन, संस्कृति र पर्यटनका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया