३१ भाद्र २०८१, सोमबार | September 17, 2024

पुटिन मिंगोलियामा किन समातिएनन् ?


September 4, 2024
415
Shares

एजेन्सी, १९ भाद्र । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई इन्टरनेशनल क्रिमिनल कोर्ट (आइसीसी) ले पक्राउ वारेन्ट जारी गरेको छ । यो वारेन्ट अनुसार आइसीसीको सदस्य बनेको देशले पक्राउ गर्नुपर्छ । मंगोलिया पनि आइसीसीको सदस्य देश हो ।

पुटिनले मंगोलिया भ्रमण गरे । तर, उनलाई मंगोलियाले पक्राउ गरेन । बरु रुसबाट इन्धनलगायतमा परनिर्भर रहेको र छिमेकीसँगको सन्तुलनको विषय रहेको जवाफ दियो ।

मंगोलियाले कुल खपतको ८० प्रतिशत इन्धन रुसबाट खरिद गर्छ । २० प्रतिशत विद्युत पनि रुसबाट खरिद गर्छ ।

पुटिनले पछिल्लो समय छिमेक देशको भ्रमण गरिरहेका छन् । युक्रेनमाथि हमलापछि पश्चिमा देशहरु पुटिनविरुद्ध कडा रुपमा प्रस्तुत भइरहेका छन् । तर, उनी छिमेकसँगको सम्बन्धमा ध्यान दिइरहेका छन् ।

पुटिनले चीनको भ्रमण गरिसकेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मस्कोमा भेटे ।

 

प्रतिक्रिया