३१ भाद्र २०८१, सोमबार | September 16, 2024

न्यायाधीश नियुक्तिमा कल्याण-विश्वम्भर साँठगाँठ


September 3, 2024
123.4k
Shares

आलोक गौतमः उच्चमा १६ र सर्वोच्चमा ४ जना न्यायाधीश नियुक्तिको कसरतमा रहेको न्याय परिषदमा सदाझैँ नातागोता, दल र नेताका आफन्त, पावर पैसा र भागबन्डाको प्रतिष्पर्धाले तीव्र ध्रुवीकरण ल्याएको छ । यतिसम्म कि पदाधिकारीहरू एकार्काप्रति शङ्का, उपशङ्का र दाउपेचको निकृष्टतामा उत्रिएका छन् । स्थायी प्रकृतिका २ जना सदस्यहरूमध्ये राम प्रसाद श्रेष्ठ बारबाट प्रतिनिधित्व गरेपनि राम प्रसाद भण्डारी बारसँग स्वार्थ मिलान गर्न सकिरहेका छैनन् । त्यसो त केपी शर्मा ओली विगतमा प्रधानमन्त्री हुँदाको पालामा चोलेन्द्र शमशेरको कोटाबाट दुनो सोझ्याएका राम प्रसाद भण्डारी जस्तोसुकै असम्भवलाई पनि सम्भव बनाउन माहिर मानिन्छन् ।

विकृति विसङ्गतिविहीन न्यायपालिकाको प्रतिवेदन बुझाउने हरिकृष्ण कार्की संयोजकत्वको कार्यदलका उपनेता प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशको मुखैमा आएका वरिष्ठ सदस्यको रूपमा परिषदमा छन् । यसपाली उनको एकमात्र दाउ भनेको विश्वम्भरको पालामा संवैधानिक परिषदबाट भावी प्रधानन्यायाधीशको सिफारिस उम्काउनु देखिएको छ । काङ्ग्रेसका पूर्व कार्यकर्ता राउतलाई देउवा दाहिना भएकोले ओलीको चिन्ता नभएपनि परिषदमा ३ जनाको बहुमत सुरक्षित राखेका हेभिवेट प्रचण्डलाई खुसी बनाउनु प्रमुख चुनौती रहेको छ । यसको लागि उनी विभिन्न माओवादी नेताहरू र माओवादी वकीलहरूको चाकडीमा भौँतारिएका भेटिन्छन् । यसको प्रमुख सारथी बनेका छन् पूर्व महान्यायाधिवक्ता डा. दिनमणि पोख्रेल । हुनत उनी फरक कित्ताका माओवादी वकील रमन श्रेष्ठ र हेटौंडाका खाट्टी माओवादी राम नारायण बिडारीको समेत समानान्तर सम्पर्कमा छन् । यतिले नपुगेर उनी केही खुङ्खार बिचौलीयामार्फत प्रचण्डलाई मनाउने रणनीतिमा छन् । कतै आफ्ना व्यक्तिगत कमी कमजोरीको फाइदा पूर्व एमाले सभासद सपना मल्लले उठाइ मुखैमा आएको प्रधानन्यायाधीश पद टप्काउने त हैन भनी उनी सरकारी वकील वृत्तमा कुबेर उपनाम पाएका शङ्कर खत्री र बाबुराम दाहाल हरूलाई चिन्ता व्यक्त गर्ने गर्छन् । यसको भरपुर फाइदा आफु कम बोल्ने तर अरू सदस्यबाट काम फत्ते गर्न महाचतुर प्रधानन्यायाधीश श्रेष्ठले भरपुर उठाएको परिषद स्रोत बताउँछ । उनी आफन्त र आप्ना सेटिङका मानिसलाई न्यायाधीश बनाउन कहिले राउत, कहिले अवकासको मुखमै रहेका बयोवृद्ध परिषद सदस्यहरू त कहिले कानुनमन्त्रीलाई नै विभिन्न गोप्य मन्त्रणा र गोटी फाल्नमा व्यस्त भएको बालुवाटार निकट स्रोतबाट थाहा हुन आएको छ ।

मन्त्रीसँग मन्त्रणा
सदभावना पार्टीमा गई पुनः काङ्ग्रेस फर्किई कानूनमन्त्री बनेका अजय चौरासिया विकासे मन्त्रालय चाहन्थे । तर भागमा कानून मन्त्रालय परेपछि निरास भएका उनी न्यायाधीश नियुक्तिको मुखैमा रहेकोले योपनि मालदार मन्त्रालय मानिने भएको निकटस्थहरूको आस्वासनपछि ढुक्क थिए । उनी मन्त्री भएपछि भ्रष्ट्राचारमा जागिर गएका एकजना यादव थरका एसपि न्यायाधीश नियुक्तिका आकाङ्क्षीसँग मोलमोलाइ गर्न खटिएको सुइँको आफ्ना गुप्तचरमार्फत पाएका प्रधानन्यायाधीश श्रेष्ठ आफूसँग न्यायाधीशको लागि प्रस्ताव लिएर आउने वकील र बहालवाला न्यायाधीशलाई पहिले मन्त्री खुसी बनाउन पठाउने, उता सेटिङ मिलिसकेपछि आफूसमक्ष आउन सुझाउने गरेका छन् । अहिले मन्त्रीकहाँ न्यायाधीश र वकीलको ताँती मन्त्रालय र निवास दुवैतिर लागेको छ । प्रधानन्यायाधीशका पारिवारिक नातेदारहरू यसका लागि छुट्टै खटिएका विभिन्न तारे होटलहरूमा न्यायाधीशको लागि बार्गेनिङमा रहेका वकीलहरू बताउँछन् । प्रधानन्यायाधीश श्रेष्ठ आफूकहाँ आउनेहरू आकांक्षीहरूलाई पार्टीको हैसियत हेरी द्वारापाल मूलभट्ट र नातेदारको सम्पर्कमा पठाउने गरेको विश्वस्त स्रोतले नेपाली पेनलाई बताएको छ । मन्त्रीकहाँ सेटिङ मिलिसकेपछि मन्त्रीद्वारा प्रस्ताव गरेको नाममा उनी कहिले २० वर्ष नपुगेकोले उच्चमा हुँदैन त कहिले वरिष्ठ नभएकोले सर्वोच्चमा हुँदैन भनी अत्तो थापी मन्त्रीको नाडी छाम्छन् । उनी मन्त्रिद्धारा प्रस्तावित नाम हेरेर विभिन्न बहानामा घुमाउरो पाराले अस्विकार गरी मन्त्रिलाई हत्तु बनाइ गलाइ आफ्नो स्वार्थ पूरा गर्न परिषद सदस्यहरूलाई मन्त्रिसँग डिल गर्न लगाउने गरेका छन् । दुईजना सदस्यसँग बार्गेनिङमा थाकेका मन्त्रिलाई अन्तमा आफ्नो एजेण्डामा थचार्ने प्रधानन्यायाधीशको कृयाकलापले आजित भएका मन्त्री पटक पटक बैठक छोडेर हिँड्ने गरेकोले नियुक्ति अड्किएको छ । उता अवकासको मुखैमा रहेका सदस्य द्वयको पनि कमाउ धन्दा चलेकै छ ।

नातिलाई न्यायाधीश बनाउन खोज्दा
असोज २० गते अनिवार्य अवकास हुने प्रधानन्यायाधीश श्रेष्ठ भदौ १९ गतेबाट एकमहिना लामो विदा बस्नुभन्दा अगावै नियुक्ति सक्ने दाउमा छन् । यसको लागि मन्त्रीसँग कैयौँ अनौपचारिक एकल र सदस्यहरूमार्फत समेत विभिन्न चरणको मन्त्रणा गरिसकेका श्रेष्ठ वकीलको कोटामा आफ्नै नातिलाई उच्च अदालतमा नियुक्ति गर्न मन्त्रीसँग लचक देखिएका छन् । २०७० मा नं।१४०९८ को अधिवक्ताको लाइसेन्स लिएका मनिषकुमार श्रेष्ठ नाम गरेका व्यक्तिको उनी नातामा “अजा” पर्छन् । उनले आफ्नो सामाजिक सञ्जालमा अगष्ट २६, २०२३ मा “प्यारो अजा सम्मानित सर्वोच्च अदालतको प्रधान न्यायधिस न्युक्त हुनुभएको अवसर मा” भन्दै पोष्ट गरेको फोटोमा ६०४ लाइक र २९४ कमेन्ट छन् जहाँ पत्निसहित ढोगवेदको पारिवारिक माहौल देखिन्छ ।

 

दशैँमा टिका लगाएर आशिर्वाद दिएसरी मनिषलाई उच्चको न्यायाधीश पद आशिर्वाद दिने विश्वम्भरको योजना गत १७ गते नै पूरा भइसक्थ्यो बारले परिषद घेराउ नगरेको भए ।

कल्याण कनेक्सन
त्यसैगरी न्यायपालिकाको खलपात्र कल्याण श्रेष्ठको पालामा बमकुमार श्रेष्ठ, पुरुषोत्तम भण्डारीजस्ता सिनियरलाई पाखा लगाएर सर्वोच्च छिरेका विश्वम्भर कल्याण श्रेष्ठको खातिरदारीमा कति लिप्त छन् भन्ने उच्चको न्यायाधीश पक्का भएका मनिषले नै मार्च ७, २०२० मा पोष्ट गरेको “पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ, मा न्यायाधीश सर्वोच्च अजा बिश्वोम्भर श्रेष्ठ, आन्टी मा न्यायाधीश उच्च अदालत मेरिना श्रेष्ठ संग पारिवारिक भेट” शीर्षकको पोष्टले नै देखाउँछ । जसमा उल्लेख भएकी आन्टी न्यायाधीश विश्वम्भरकी आफ्नै साली र मनिषकी आन्टी हुन् । विश्वम्भरले उनलाई चोलेन्द्रको पालामा उच्चमा छिराएका थिए । अहिले हेटौंडाबाट पोखरा सुगम सरुवा गराएका छन् ।

अहिले कल्याण र आफ्ना पारिवारिक नातेदार रामेशकुमार राजभण्डारीलाई सर्वोच्च ल्याउने दबाबमा विश्वम्भर छन् । राजभण्डारी कल्याणका सानिमाका छोरा हुन् भने २०६४ को संविधानसभा चुनाव हारेपछि एमाले प्युठानको इन्चार्ज हुँदाहुँदै न्यायाधीश बनाइएका हुन् ।

सिन्डिकेटका मुखिया
हरिहर दाहाल, प्रेम बहादुर खड्का, हरिशङ्कर निरौला, शम्भु थापा, रमनकुमार श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ, हरि उप्रेती, विजय प्रसाद मिश्र, टिकाराम भट्टराई लगायतको झुण्डको यस्ता नामहरू हुन् साथ र सहकार्य मुद्दामा मात्रै न्यायपालिका र बारको हरेक निर्णयमा प्रभावकारी भएको वकीलहरू बताउँछन् ।

नेपाल बारका निवर्तमान महासचिव लिलामणि पौडेलको “सिण्डिकेटका मुखियाहरूको दर्शन पाइएन” भनी पोष्ट गरेको फेसबुक स्टाटसले सिन्डिकेटधारी वकील कोटरीमा भूइँचालो नै ल्याइदियो । न्याय परिषद घेराउमा माथिमा नामधारीलाई नदेखेपछि उनले पोष्ट गरे लगत्तै हरिहर दाहालले आफू उपस्थित भएको स्पष्टीकरण नै दिए भने प्रधानन्यायाधीशसँगको वार्तामा पनि उपस्थिति जनाए । सिण्डिकेटका हरेक कार्यक्रम नछुटाउने वकीलहरू विजय प्रसाद मिश्र र मेघराज पोख्रेल सर्वोच्चको न्यायाधीशको दौडमा रहेकोले प्रधानन्यायाधीश खुस पर्ने नीति अन्तर्गत अनुपस्थित रहेका बताइन्छ ।

बिचौलियाको नाममा सहमति
दामोदर शर्मा कामु प्रधानन्यायाधीश भएदेखिनै न्यायपालिकामा जरा गाडेर बसेका सिण्डिकेटधारी पाखा लगाउँदै त्यसको हर्ताकर्ता बनेका चोलेन्द्र आफैँ प्रधानन्यायाधीश भएपछि बिचौलियाको विशाल साम्राज्य नै खडा गरे । केही गैरन्यायिक दलालहरूका साथै भाइ प्रभुशमसेर, जय नारायण पौडेल, मनोज शर्मा, नवराज थपलिया, किसोर सिलवाल, आशिष अधिकारीलगायत उनको साम्राज्यमा हर्ताकर्ता थिए । तीमध्ये एकजनालाई सर्वोच्च, अर्कोलाई उच्चको न्यायाधीश र तेस्रोलाई अख्तियारको आयुक्तमा व्यवस्थापन गरेका उनी बाँकी दुईजनालाई वकीलबाट सिधै मुख्य न्यायाधीश बनाउने योजना पूरा नहुँदै महाभियोगको सिकार भए । तीमध्ये एकजना बिचौलिया अघिल्लो पटक झण्डै सर्वोच्चमा नियुक्त भएका थिए, धनराजको टेण्डर जित्न सकेको भए । छोराको अपूर्व शिक्षक रहेका उनलाई नियुक्ति गर्नमा ईश्वरको असिम चाहाना कल्याण गर्न सकेनन् । चोलेन्द्रको कारण उनीसँग कोपुण्डोलका कानदेउता दहिना नभएकोले पनि उनले इन्ट्रि मार्न नसकेको बताइन्छ ।

टेरामेक्स काण्डका नाइकेमध्येका पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बयान दिन जाँदा पहिल्यै अख्तियार पुगी किशोर सिलवाल आयुक्तमार्फत वातावरण मिलाइ मुद्दा नै नचल्ने सेटिङ मिलाउन खेलेको भूमिकाको पुरस्कार सर्वोच्चको न्यायाधीश दिन ती पूर्वमन्त्री ज्यान छोडेर लागेका छन् । यसको लागि उनले कान्छीपत्नी तिरकी नातेदार शरणार्थी भाउजूसँग पनि सेटिङ मिलाएको बुझिएको छ । कार्की कान्छिपत्नी चोलेन्द्र र बस्नेत थरका पूर्वमन्त्रीका कान्छी पत्नीको पनि नाता पर्छिन् । वरिष्ट अधिवक्ता नभई सर्वोच्चमा नियुक्ति नगर्ने अघिल्लो पटकको नजिर उल्लङ्घन गर्दै कानूनमन्त्रिलाई समेत प्रभावमा पार्न सफल कार्कीले देउवा अर्कोपटक सभापति बन्न नमिल्ने भएकोले भाउजू र आफ्नो हालिमुहाली पार्टीमा हुने भएकोले देउवालाई पत्तो नदिई अधिकारी थरका ती वकीललाई नियुक्त गर्न दबाब दिएका छन् । आरजु भाउजू दाहिना भएपछि देउवाको केही नलाग्ने कार्कीको ढाडस भएपनि सभापतिकै मुखबाट नाम अन्तिम गर्न मन्त्रीको रोइलो कार्कीसँग छ । २०५४ मा लाइसेन्स लिएका कनिष्ठ अधिकारीको नाम पटक पटक लिँदापनि प्रधानन्यायाधीशले वरिष्टको रटान लगाउन नछोडेपछि थाकेर आजित भएका मन्त्रीले नियुक्ति नै अड्काइ मिनि बालुवाटारलाई मनाउन सुझाएपछि ईश्वरको कृपा र साथलिई कोपुण्डोमा फूल चढाएपछि बल्लतल्ल श्रेष्ठलाई मनाउन भ्याए । तर बिचौलियाको छवि भएका अधिकारीलाई काङ्ग्रेसको कोटामा पार्दा अहिलेको माहौलमा अप्ठ्यारो पर्ने सुझाव निकटस्थहरूबाटै पाएका देउवा अधिकारिको नाममा हत्तपत्त सहमत नभएपछि प्रधानन्यायाधीशकै मुखबाट अधिकारिको नाम उच्चरण गर्न देउवा निवासमा पठाउने कसरतमा गिरोह लागेको सूचना छ । श्रेष्ठभने नियुक्तिको मुखमा नेताकोमा धाउँदा हल्लाखल्ला हुने डरले बरू फोनबाटै कुरागर्न र भानु देउवालाई निवासमा बोलाएर सन्देस पठाउनसम्म राजी भएका छन् । मिनि बालुवाटारको टेण्डर पारेपछि अधिकारीको नाममा अड्किएको सर्वोच्चको नियुक्तिको गाँठो फुक्ने पक्का भएको छ ।

मर्ने बेला हरियो काँक्रो
अघिल्लो नियुक्तिमै माओवादी महान्यायाधिवक्ता डा. दीनमणि पोख्रेलको नाममा सहमति हुन नसकेपछि माओवादिको लगि खाली छोडिएको १ सिटपछि सुष्मलता, ईश्वर र आनन्दमोहनको अवकासपछि गत जेठदेखि सर्वोच्चमा खाली चार सिट नियुक्ति गर्न बार्गेनिङ गरी समय बिताएका प्रधानन्यायाधीश श्रेष्ठ अवकासको दिन जति नजिक आउँदै छ त्यतिनै नियुक्ति गर्न सक्रिय देखिएका छन् । नियुक्ति हुन नसके फूलपाति फिर्ता गर्नुपर्ने पारिवारिक दबाबका कारण पनि उनी यसरी भिडेका हुन् । उनले माहौल बनाउन सपनाको पालोमा तपाईंहरूलाई झन् अप्ठ्यारो पर्छ भन्दै कानूनमन्त्री र रमेश लेखक मार्फत बुढानीलकण्ठमा दबाब दिइरहेका छन् । रमेश लेखकलाई भने बरियता मिचेरै भएपनि साँढु नित्यानन्द पाण्डेलाई सर्वोच्च ल्याउने ध्याउन्न छ । लेखकले साँढुभाइ पाण्डेलाई ८० जनाको लटमा काङ्ग्रेसको लिष्टमा न्यायाधीश बनाइ ३० नं। वरियतामा रहेको अवस्थामा धनराज गुरुङ कानूनमन्त्री भएको बेला जबरजस्ती मुख्य न्यायाधीश बनाएका थिए । स्थापित न्यायिक परम्परा र प्रचलनमा अवकाशको मुखमा रहेको व्यक्तिले दुरगामी असर पर्ने नियुक्ति गरी कुँडाकर्कट अदालतमा भरेर जानु अनैतिक मानिन्छ ।

यसरी विदा बस्न लागेका प्रधानन्यायाधीशले नियुक्त गर्न नहुने सशक्त आवाज बारबाट पनि उठेको छ । प्रकाश राउत प्रधानन्यायाधीश र सपना मल्ल न्याय परिषदमा आउने संघारमा अवकासको मुखमा रहेका श्रेष्ठले नियुक्तिको तरताकेता गर्नु दालमा कुछ काला भएको वकीलहरू बताउछन् । नियुक्ति हुन नदिन न्याय परिषद नियमावलीको इस्यु उठाइ अवरोधमा लागेको बार प्रकाशमान सिंह राउतको संयोजकत्वमा समिति गठन गरी जालझेल गरी नियुक्ति गराइ छाड्ने दाउमा अझै छन् ।

प्रतिक्रिया