३१ भाद्र २०८१, सोमबार | September 17, 2024

दिपक मनाङेका लागि गण्डकीमा मन्त्रालय फुटाइयो


September 1, 2024
830
Shares

काठमाडौं, १६ भाद्र । गण्डकी प्रदेशमा दुई मन्त्रालय फुटाइएको छ । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले दिपक मनाङेलाई मन्त्रीमा कायमै राख्न दुई मन्त्रालय फुटाउने निर्णय क्याबिनेटबाट गरेका हुन् ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उद्दोग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाउने निर्णय आइतबार भएको हो । मन्त्रालय थपेर सत्तारुढ दलहरुलाई बाँडफाँड गर्ने र मनाङेलाई मन्त्रीमा यथावत् राख्ने पाण्डेको रणनीति अनुसार निर्णय भएको हो ।

मनाङेले यसअघि एमाले र माओवादी गठबन्धन हुँदा पनि पाण्डेलाई विश्वासको मत दिन साथ दिएका थिए । अहिले गठबन्धन फेरिएपछि काँग्रेस र एमालेको पूर्ण बहुमत छ । तर, मनाङेलाई पाण्डेले मन्त्रीमा कायमै राख्ने निर्णय लिएका छन् ।

प्रतिक्रिया