३१ भाद्र २०८१, सोमबार | September 17, 2024

नरहरिनाथ अध्ययन प्रतिष्ठान सक्रिय


August 31, 2024
10.5k
Shares

काठमाडौं, १५ भाद्र । राष्ट्रगुरु योगी नरहरिनाथको बिचारलाई देशको कुना काप्चासम्म पुर्‍याउने उद्देश्यका साथ नरहरिनाथ गाँउपालिकाका युवा विद्यार्थीले नरहरिनाथ अध्ययन प्रतिष्ठान स्थापना गरी सक्रियता बढाएका छन् । प्रतिष्ठानको शनिबार भेला नेपाल ल क्याम्पसमा भएको छ ।

भेटघाट तथा भेला कार्यक्रम बाट गोविन्द बिष्ट संयोजक , बिनोद कुमार दर्जी उपसंयोजक , खेमराज बिष्ट सचिव , सहित बिनोद विक्रम भण्डारी , जाग्रीती शाही , बसन्त भण्डारा , बसन्त शाही , बसन्ती बिष्ट , अमृता सहकारी सदस्य रहने गरि नौँ जनाको कार्यसमिति तोकिएको छ ।

योगः कर्मसु कौशलम् भन्ने योगी नरहरिनाथको भगवत बचन मानी २००७ सालमा खोलेको कर्मबिर महामण्डल संगठ जस्तै हरेक नागरिक अध्ययनसिल र कर्मसिल हुनुपर्छ भनी नरहरिनाथ अध्ययन प्रतिष्ठानको संयोजक बिष्टले बताए । राष्ट्रगुरु योगी नरहरिनाथको विचारलाई समय अनुकुल अगाडि बढाउन नसकेको र कसैकसैले कमाइ खाने भाडो बनाएको आरोप लगाए ।

बारिका सिला खोजेजस्तै गरि संकलन गरेका रचनाहरु आजसम्म पुर्ण रुपमा बाहिर ल्याउन नसकेको राज्यले नै हेला गरेको जस्तो महसुस भएको हुदा अब आफै राज्य लाई ध्यान केन्द्रित गराउन र गुरुको जिबनभरको योगदान लाई जिबनब्यवहारमा लागु गर्न बरु हाम्रो जिबन समर्पित गर्नु परेपनि गर्नुपरोस तर राष्ट्रगुरु योगीको बिचार लाई बिजयमा पुर्‍याउनको आफूहरु जुटेको बताए । हाम्रो समाज जातिको नाममा , क्षेत्रको नाममा , लिंगको नाममा , धर्म र राजनीतिको नाममा बिभाजित समाज लाई एकतामा ल्याउनको लागी हाम्रो अध्ययन प्रतिष्ठानको मुख्य उद्देश्य भएको बताए ।

हरेक नागरिक अध्ययनसिल हुनुपर्ने र कर्मवीर हुनको लागि अनिवार्य सीपको खाचो भएको हुदा प्रतिष्ठानले निशुल्क सीप दिने सम्मको सोच गरेको बिष्टको भनाइ छ । चेतना र सीपमार्फत समाज लाई रुपान्तरण गर्न सकिन्छ भन्ने सोच लाई उपस्थित सम्पुर्ण अग्रज ब्याक्तीत्वहरुले सुझाव सल्लाह सहित नरहरिनाथ गाँउपालिका हाल अध्यक्ष नगेन्द्र बिष्टको प्रमुख आतिथ्यमा यो समुह लाई पुर्ण साथ रहने प्रतिबद्धता जनाए । कार्यक्रमको अध्यक्षता धिर बिष्टले गरेका थिए भने कार्यक्रम संचालन जनक बिष्टले गरेका थिए ।

प्रतिक्रिया