८ आश्विन २०८१, मंगलबार | September 24, 2024

छुवाछुत र विभेद नरोकिए विद्रोह निम्तने चेतावनी


August 30, 2024
747
Shares

काठमाडौं,१४ भदौं । अधिकारकर्मी तथा सामाजिक अगुवाहरुले छुवाछुत र विभेदलाई कुसंस्कारको क्रुर रुप र सामाजिक कलंकका रुपमा चित्रण गर्दैे यसलाई निर्मुल गर्न सबै समुदाय हातेमालो गरेर अघि वढ्न सक्नुपर्ने निश्कर्ष निकालेका छन् ।

जय नेपाल फाउण्डेसनले आयोजना गरेको छुवाछुत, भेदभाव र सामाजिक न्याय बिषयक बैचारिक वहशमा सहभागीहरुले नेपाली समाजमा अझैपनि छुवाछुत र विभेद नरोकिएकोे भन्दै यस्तो अवश्था कायमै रहे विद्रोह निम्तने चेतावनी दिएका हुन् ।

वहशमा नेपाली कांग्रेसका सह–महामन्त्री तथा सांसद जीवन परियारले मान्छे एउटा जात हो भन्ने वुझ्न आग्रह गर्दै मान्छेको जात मान्छे बाहेक अरु हुदैन भन्ने स्पष्ट पार्नुभयो । ‘छुवाछुत र भेदभाव जस्ले गरेको हो उसैवाट अन्त्य हुनुप¥यो’ परियारले भन्नुभयो । छुवाछुतलाई राज्यवाट वलपुर्वक गरिएको विभेद वताउदै परियारले यसलाइ समाप्त गर्ने साझा दायीत्व सबैको रहेकोमा जोड दिनुभयोे ।

छुवाछुत दलित समुदायको मात्र होइन,यो राज्यको समस्या हो भन्दै परियारले नेपाल पछाडि पर्नाको कारण पनि यही रहेको धारणा राख्नुभयो । मानव विकास विना देश विकास सम्भव छैन भन्दै परियारले आर्थिक र सामाजिक क्रान्ति गर्न समय आवश्यक पर्छ भन्ने मान्यताका कारणले मात्र विद्रोह रोकिएको तर अव धैर्यताको वाध टुट्ने बेला भैसकेको उल्लेख गर्नुभयो । ‘अवको नयाँ पुस्ताले यस्तो सहनेवाला छैन’ परियारले चेतावनी दिनुभयो । । दलित, महिला, मधेशी सबैको आन्दोलनलाई एकठाउमा ल्याउन आवश्यक रहेको भन्दै परियारले समावेशी र समानुपातिकको मुद्धालाई नारामा मात्र नभएर व्यवहारमा उतार्नुपर्ने उल्लेख गर्नुभयो । ‘व्यक्ति बनेर हुदैन समाज परिवर्तन हुनुप¥यो’ परियारको भनाई थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेहीले दलितका मुद्धामा गैर दलित मानव अधिकारवादी संस्था वा व्यक्ति एउटा पनि सडकमा नआएको तितो अनुभव सुनाउदै मानवतावादी अपराधको विपक्षमा सबै हातेमालो गरेर अघि वढ्न सक्नुपर्नेमा जोड दिनुभयो । संविधान र भइरहेका कानुनको प्रभावकारी कार्यान्वयन र थप कानुनको निर्माण तथा पिँधमा रहेका वर्गलाइ राज्य संरचनामा समान अवसर उपलब्ध नभए विद्रोह निम्तने स्नेहीले चेतावनि दिनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रंगमती शाहीले छुवाछुत, भेदभाव र छाउपडी जस्ता कुसस्कार अन्त्य गर्न शिक्षा पहिलो आवश्यकता रहेको उल्लेख गर्नुभयो । साथसाथैै आर्थिक रुपमा पनि विपन्न वर्गलाई सवल वनाउनुपर्नेमा शाहीको जोड थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद नगिना यादवले संविधान र कानुनमा भन्दा पनि मानसिकतामा परिवर्तन नभएसम्म सामाजिक न्याय सम्भव नहुने उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद जावेदा खातुनले सामाजिक विभेदका मुद्धालाई समयमै सम्वोधन गर्नुपर्नेमा जोड दिदै यस्ता बिषय पार्टीको बैठक र संसदसम्म जोडदार ढंगले उठाउने आश्वासन दिनुभयो ।

राष्ट्रिय सभाका सांसद विष्णु सापकोटाले कांग्रेसले छुवाछुत विरुद्ध सामाजिक अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय मानव अधिकार आयोगका पुर्व सदस्य तथा अधिकारकर्मी मोहना अन्सारीले समस्या जहाँ छ समाधान पनि त्यहि खोज्नुपर्ने भन्दै समुदाय स्तरमै पुग्नुपनमा जोड दिनुभयो । नेपालको सविधानको प्रस्तावना मै विभेदलाइ वर्जित र निषेध गरेको उल्लेख गर्दै अन्सारीले भएको कानुन कार्यान्वयन भए समाज रुपान्तरण गर्न मद्धत पुग्ने उल्लेख गर्नुभयो । राजनीतिक लाभका लागि कार्यक्रम घोषणा गर्ने परम्पराको अन्त्य हुनुपर्ने भन्दै अन्सारीले संस्थागत संरचना निर्माणमा जोड दिनुभयो । राज्यका नियुक्तिहरुमा पछाडि परेका वर्ग समुदायलाई विर्सने गरिएको भन्दै अन्सारीले मन्त्रीपरिषद्,राजदुत र आयोगमा नियुक्ति गर्दा समानुपातिक र समावेशीलाइ ध्यान दिनुपर्ने उल्लेख गनुभयो ।

जय नेपाल फाउण्डेसनका संस्थापक सदस्य तथा बैचारिक वहशका संयोजक विजुला वर्माले संचालन गर्नुभएको कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य सुना परियार, सागर परियार,धर्मेन्द्र नेम्वाङ,रोजन राई, अर्जुन पौडेल, क्षितिज भण्डारी,लोकवहादुर खड्का, अनिल परियार, कृष्ण विक, विशाल पौडेल, रुद्र विक लगायतको सहभागिता रहेको थियो ।

जय नेपाल फाउण्डेसनले हरेक सुक्रवार विभिन्न विषयमा बैचारिक वहश संचालन गर्दै आइरहेकोे फाउण्डेसनका संस्थापक सदस्य सचिव विजयराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया