३१ भाद्र २०८१, सोमबार | September 17, 2024

मोदीले पुटिन र वाइडेनसँग किन गरे फोनवार्ता ?


August 28, 2024
415
Shares

एजेन्सी, १२ भाद्र । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो वाइडेनसँग फोनवार्ता गरेका छन् । उनले पुटिन र युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग पालैपालो भेटवार्ता गरेपछि फोनवार्ता गरेका हुन् । यसलाई निकै अर्थपूर्ण मानिएको छ ।

मोदीले जुलाईमा रुसको भ्रमण गरे । अगष्टमा युक्रेनको भ्रमण गरे । दुवै देशका नेतासँगको भेटमा शान्तिको विषयमा कुरा गरेका थिए । त्यसपछि उनले वाइडेनसँग पनि फोनवर्ता गर्नुलाई युक्रेन युद्ध समाप्तीको दिशामा गरिएको प्रयासका रुपमा लिइएको छ ।

मोदीले फोनवार्तामा युक्रेन युद्ध अन्तको विषयमा कुराकानी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मोदीलाई युक्रेन युद्ध अन्तको लागि अघोषित मध्यस्थकर्ताको भूमिका निभाइरहेको मानिएको छ ।

प्रतिक्रिया