गुरुङको प्रश्न : सिंहदरबारभित्र मन्त्रीहरु टिकटकमा रमाउँदा जनताले के आशा राख्ने ?

काठमाडौं,११ भदौं । केही दिन यता सिंहदरबारभित्र मन्त्रीहरु आफ्ना कार्यकर्ताहरुसँग भिडियोमा रमाइरहेको सामाजिक सञ्जालमा यत्र त्यत्र छाइरहेको देखिन्छ । सिंहदरबारमा बसेर मन्त्री एंव कर्मचारीहरुले सामाजिक सञ्जालमा रमाइरहँदा काम र कर्तव्यमा असर पर्ने भन्दै नेपाल तरुणदल सदस्य संजिब गुरुङले चिन्ता व्यक्त गरेका छन् ।
‘सरकारको जिम्मेवारी तहमा बसेकाहरू आफ्नो काम र कर्तव्यलाई बिर्सेर यसरी रमाइलोमा समय व्यतीत गर्दा आम नागरिकले राज्यप्रति के आशा राख्ने ?’–उनले सामाजिक सञ्जालमार्फत सरकारलाई ध्यानाकर्षण पनि गराएका छन् । सरोकार वाला निकाय यस्ता सानो देखिए पनि गम्भिर विषयमा मौन बस्न नहुने तर्क गर्दै उनी लेख्छन्–‘सरोकारवालाहरूसम्म मौन बस्दा आज यो समाज नीति कता जाँदैछ चिन्ताको विषय हो।’
‘हिजोआज समाजिक सञ्जालमा दैनिकी देखिने क्रियाकलाप सिंहदरवार भित्र प्रवेश गरी बनाईने टिकटक हरेक मन्त्री हो या संसदहरूसँग बसी बनाइने टिकटक हरेक सरकारका उच्च ओहदाका कर्मचारीहरूसँग फोटो खिची बनाइने टिकटक भिडियो यी कुराहरू देख्दा सरकारको जिम्मेवारी तहमा बसेकाहरू आफ्नो काम र कर्तव्यलाई बिर्सी यसरी रमाइलोमा समय व्यतीत गर्दा आम नागरिकले राज्यप्रति के आशा राख्ने यस्ता कुराहरूप्रति सरोकारवालाहरूसम्म मौन बस्दा आज यो समाज नीति कता जाँदैछ चिन्ताको विषय हो।’–समाजसेवी समेत रहेका गुरुङले लेखेका छन् ।