३१ भाद्र २०८१, सोमबार | September 17, 2024

ओलीविरुद्ध कठोर बन्दै प्रचण्ड


August 25, 2024
1.2k
Shares

काठमाडौं, ९ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा छटपटी बढ्दै गएको छ । सत्ताबाट हट्नलाग्दा नेकपा एमालेका अध्यक्ष केपी शर्माप्रति आक्रोशित देखिएका प्रचण्ड अहिले आक्रामक बन्दै गएका छन् ।

प्रचण्डले ओलीविरुद्ध रणनीतिक गठबन्धन बनाउँदै गएका छन् । उनले माधव नेपाललगायत समूहलाई मिलाएर समाजवादी गठबन्धनको निर्माणको प्रयास गरिरहेका छन् । अर्कोतर्फ, मधेश केन्द्रित केही दलसँग पनि छलफल बढाएका छन् ।

प्रचण्डको अर्को रणनीति काँग्रेस सभापति शेरबहादुर देउवालाई फकाउने रहेको छ । देउवासँग दूरी घटाउँदै लगेका उनले ओलीसँग बढाएका छन् ।

आउँदो चुनावलाई लक्षित गरेर प्रचण्डले नयाँ गठबन्धनको तयारी पनि गरेका छन् । काँग्रेसलाई मनाएर भएपनि ओलीलाई सत्ताबाट झार्ने दाउमा छन् । उनले कठोरतम निर्णय लिएर भएपनि ओलीलाई झड्का दिने दाउपेच बढाएको देखिदैछ ।

ओलीले सत्ता छाड्दा पनि संसदमा ओलीलाई घुमाउरो तरिकाले उचित समयमा देखाउने चेतावनी दिएका छन् । यसले पनि उनी कठोर निर्णय लिएर अगाडि बढ्ने देखिएको थियो । त्यो रणनीतिक तरिकाले अगाडि बढाउन थालेका छन् ।

प्रतिक्रिया