३ आश्विन २०८१, बिहिबार | September 20, 2024

ज्यानमारा जस्ता सडक


August 24, 2024
249
Shares

काठमाडौं, ८ भाद्र । देशमा हरेक दिन सडक दुर्घटना हुन्छन् । दुर्घटनाको मुख्य कारण सडक समस्या नै देखिएको छ ।

विशेषगरी पहाडी राजमार्गको अवस्था दयनीय छ । नदीको माथिल्लोतर्फ बनाइएका सडक झन् डरलाग्दा छन् । जसका कारण दुर्घटना हुँदा सवारी साधन नदीमा खस्ने र बढी जनधनको क्षति हुनेगरेको छ ।

त्रिशुलीमा २८ असार २०८१ मा खसेका दुई यात्रुबस त अझै फेला परेका छैनन् । दुर्घटनाको कारण पहिरो नै थियो ।

तनहुँको आबुखैरेनीमा भारतीय पर्यटक चढेको बस खस्ता २७ जनाको ज्यान गयो । बसमा ४३ जना यात्रु सवार थिए । पहाडी राजमार्गमा साँघुरो मोडमा दुर्घटना भएको हो ।

पृथ्वीराजमार्गमा बढी दुर्घटना हुनेगरेको छ । उक्त राजमार्गमा बढी पहिरो जाने गरेको छ । सडकको स्तरका कारण पनि बढी दुर्घटना हुनेगरेको छ ।

सडक दुर्घटना बढी पहाडी राजमार्गमा हुनेगरेको छ । कर्णालीको राजमार्ग पनि डरलाग्दो छ । पाल्पाको सडकमार्ग पनि उत्तिकै जोखिमयुक्त छ । स्वगद्धारीको सडक पनि जोखिमयुक्त छ । वास्तवमा नेपालका सडक ज्यानमारा जस्ता भएका छन् ।

प्रतिक्रिया