३१ भाद्र २०८१, सोमबार | September 17, 2024

परराष्ट्रमन्त्री आरजु देउवा दिल्ली प्रस्थान


August 18, 2024
830
Shares

काठमाडौँ । भारतको औपचारिक भ्रमणका लागि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा दिल्ली प्रस्थान गरेकी छिन् । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा उनी आज दिल्ली प्रस्थान गरेकी हुन् ।

भ्रमणका क्रममा उनका भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ । दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ । राणा परराष्ट्रमन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो ।

मन्त्री डा. राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुङ्गाना पनि सहभागी छन् । मन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया