३ आश्विन २०८१, बिहिबार | September 19, 2024

पेरिस ओलम्पिकमा कस्ले जित्ला बढी स्वर्ण


August 10, 2024
1.3k
Shares

एजेन्सी, २६ साउन । पेरिस ओलम्पिक अन्तिम चरणतिर आइपुग्दा चीन र अमेरिकाबीच स्वर्णको संख्यामा निकै कम अन्तर छ । चीनले ३४ स्वर्ण जित्दा अमेरिकाले ३३ वटा जितेको छ ।

बाँकी प्रतिष्पर्धामा यी दुवै देशको स्वर्ण जित्ने सम्भावना रहेको छ । चीनले व्यक्तिगत तर्फको प्रतिष्पर्धाहरुमा स्वर्ण जित्ने सम्भावना राखेको छ । अमेरिकाले समूह खेलमा जित्ने सम्भावना छ ।

यसपटकको ओलम्पिकमा कुनैपनि देशले ४० भन्दा बढी स्वर्ण नजित्ने भएका छन् । चीन र अमेरिकाबीच स्वर्ण पदकमा मात्र एक वा दुईको मात्र फरक हुने देखिएको छ ।
चीन पहिलोपटक बढी स्वर्ण जित्ने लक्ष्यमा छ । यो सम्भावना पनि छ । तर, अमेरिकाले महत्वपूर्ण स्वर्ण गुमाएमात्र त्यो सम्भव रहन्छ ।

प्रतिक्रिया