३१ भाद्र २०८१, सोमबार | September 17, 2024

ओली सरकारले हटाउन खोजेपछि कुलमानले मुख खोले


1.9k
Shares

काठमाडौं, २५ साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुख खोलेका छन् । आफूलाई षड्यन्त्रपूर्वक हटाउन खोजेको संकेत पाएपछि उनले मुख खोलेका हुन् ।

कुलमानले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी आफ्नो दुई कार्यकालको झण्डै ८ वर्षको प्रगति सुनाए । उनले डेडिकेटेड र ट्रंक लाइनको महशुल नतिर्ने उद्दोगीहरु सम्बन्धित निकायमा नगई शक्तिकेन्द्र धाइरहेको समेत खुलाए ।

शक्तिकेन्द्र धाएर विद्युत महशुल नतिर्ने रणनीति बुनिरहेको कुलमानले घुमाउरो तरिकाले सुनाए । छुटका दिंदा डाबर नेपाल शत प्रतिशत रकम राखेर आएको तर केही उद्दोगीहरु नआएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट व्यक्ति र केही सांसदलाई भेटेर विद्युत महशुल नतिर्ने उद्दोगीले चलखेल गरिरहेका छन् । उनीहरुले कुलमानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गराउन खोजिरहेको खुलिसकेको छ । यसका लागि संसदको लेखा समितिलाई नै दुरुपयोग गर्न खोजिएको छ ।

देशमा १ लाख ८० हजार सर्वसाधारणको विद्युत महशुल काटिंदा कि तिरेर जोड्छन् कि चुप बस्छन् तर देशका आधा दर्जन उद्दोगी न त महशुल तिर्छन न त लाइन काटेको सहन्छन् । उनीहरु शक्तिकेन्द्र धाएर लाइन जोड्न वाध्य बनाउँछन् ।

प्रतिक्रिया