अमेरिका र चीनबीच कडा टक्कर

एजेन्सी, २५ साउन । पेरिस ओलम्पिक अन्तिम चरणतिर आइपुग्दा अमेरिका र चीनबीच पदक तालिकामा पहिलो र दोस्रो बन्ने कडा प्रतिष्पर्धा चलिरहेको छ । अमेरिकाले ३० स्वर्ण जित्दा चीनले २९ स्वर्ण जितेको छ ।
अमेरिका भलिबल, फुटबल र बास्केटबलमा फाइनलमा पुगेको छ । उसको ती खेलमा स्वर्ण जित्ने बलियो सम्भावना छ ।
चीनले डाइभिङ, भारत्तोलन, बक्सिङ, टेबल टेनिस, तेक्वान्दो जस्ता खेलमा स्वर्ण थप्ने सम्भावना बलियो छ । यसकारण पनि यी दुईबीच कडा टक्कर छ ।