३ आश्विन २०८१, बिहिबार | September 20, 2024

बँगलादेशको घटनाले दक्षिण एशियामा इस्लामिक अतिवादी हावी हुनसक्ने खतरा


1.7k
Shares

एजेन्सी, २२ साउन । बँगलादेशमा विद्यार्थी आन्दोलनबाट सल्किएको राजनीतिक आगोले शेख हसिनालाई भाग्न वाध्य बनाएको छ । यो आन्दोलन विना कुनै योजना चर्किएको थिएन भन्ने पछिल्लो परिणामले देखाएको छ ।

शेख हसिनाले देश छाडेलगत्तै प्रधानमन्त्री निवासमा व्यापक लुटपाट भएको छ । दंगाहरु भड्किएका छन् । हिन्दू अल्पसंख्यक माथि आक्रमण भएका छन् । बँगलादेश स्वतन्त्र बनाउन शेख मुजिबर रहमानको शालिक तोडफोड भएको छ ।

बँगलादेशको घटनामा निर्वासित लेखिका तसलिमा नसरिनले बोलेकी छिन् । उनले आफूलाई शेख हसिनाले इस्लामिक अतिवादीको लागि निर्वासित गराएको र तिनै अतिवादीले हसिनालाई पनि लखेटेको प्रतिक्रिया दिइन् ।

बँगलादेशको घटनामा इस्लामिक अतिवादीको भूमिका खुल्दै गएको छ । अतिवादीलाई मलजल दिन बाह्य चलेखल पनि भएको देखिन्छ । जसका कारण सिंगो दक्षिण एशियामा इस्लामिक अतिवादी हावी हुने खतरा बढेको छ ।

बँगलादेशमा सेनाले अन्तरिम रुपमा सत्ता हातमा लिएको छ । लोकतान्त्रिक सरकार गठन निश्चित छैन । जसका कारण त्यहाँ थप अस्थिरता निम्तन सक्छ ।

प्रतिक्रिया