कार्की र गुरुङ विद्युत प्राधिकरणको सञ्चालक नियुक्त
काठमाडौं,२० साउन । पूर्वऊर्जा सचिव देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नेपाल विद्युत प्राधिकरणको सञ्चालकमा नियुक्त भएका छन् ।
उनीहरुलाई मन्त्रीस्तरीय निर्णयनुसार सरकारले गत साउन १८ गते प्राधिकरण सञ्चालकमा नियुक्त गरेको हो ।
प्राधिकरणका सञ्चालक समिति सदस्य कपिल आचार्य र भक्तबहादुर पुनलाई सरकारले स्पष्टिकरण सोधको थियो ।
उनीहरुको चित्त बुझ्दो जवाफ नआएपछि हटाइएको मन्त्रालयको भनाइ छ ।
Photo : Social media