बाग्मती खोला छेउमा भेटिएको शव कसको होला ?

काठमाडौं, २० साउन। बाग्मती खोलामा आज बिहान एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका–३१ को वडा कार्यालय नजिक बागमती नदी किनारमा शव भेटिएको हो ।
प्रहरीका अनुसार अन्दाजी ४० र ४२ वर्षको पुरुषको शव बिहान ८ बजेतिर घोप्टो अवस्थामा नदी किनारमा भेटिएको हो ।
अहिलेसम्म शवको सनाखत हुन सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान अघि गरिरहेको जनाएको छ ।