३१ भाद्र २०८१, सोमबार | September 17, 2024

पैसा कि बैंकमा कि भ्रष्ट नेता र कर्मचारीको पोकामा


415
Shares

काठमाडौं, १९ साउन । देशमा यतिबेला बजारमा खासै पैसा निस्किएको छैन । धनगढीका उपमेयर गोपाल हमालले भनेजस्तै पैसा भ्रष्ट नेता र कर्मचारीको हातमा पुग्यो व्यापारीको हातमा पुगेन । व्यापारी र उद्दोगीको हातमा पुगेको भए लगानी गर्थे, रोजगारी दिन्थे र कर पनि प्रशस्त तिर्थे । अहिले लगानी गर्ने पैसा छैन उद्दोगीव्यवसायीसँग न त बैंकमा ऋण लिने अवस्था नै छ ।

नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा संचिति बजेटभन्दा बढी पुगिसकेको छ । बैंकहरुमा ऋण लिनेहरु नगएर छटपटी छ । यसले देखाउँछ पैसा कि बैंकसँग छ कि भ्रष्ट नेता र कर्मचारीसँग छ ।

देशमा अरबौंको भ्रष्टाचार भएको छ । एनसेल कर छली काण्ड, विद्युत महशुल काण्ड यस्ता घटना हुन् जसमा अरबौंको चलखेल छ । यसमा कमिशनको खेल पनि भएको छ ।

आइटी प्रकरणमा विकल पौडेल र सुनिल पौडेलहरुमाथि भ्रष्टाचारको मुद्दा दायर हुँदा तत्कालीन बहालवाला मुख्यसचिव बैकुण्ठ अर्यालसहित कर्मचारीहरु पनि अख्तियारबाट डामिए । अख्तियारले चलाएका केही मुद्दामा विदेशमा पैसा लगिएको रहस्य पनि खुल्यो ।

अरबौंको आयोजनाहरुमा ठूला भ्रष्टाचार भएका छन् । त्यस्ता आयोजनामा घूसको लेनदेन सिंगापुर, दुबई मात्र नभई यूरोप र अमेरिकामा समेत भएका छन् । यसको रहस्य अख्तियारले नै खोलेको छ ।

भ्रष्ट नेता र कर्मचारीले पैसा विदेश लगेका छन् । कतिपयले पैसा लुकाएका छन् ।

सहकारी ठगी प्रकरणमा मुछिएकाहरुले पनि अरबौं हात पारेका छन् । कतिपय फरार छन् । विदेशमा पैसा लगेर लगानी गरी सुपुर्दुगी रोकेका छन् ।

यस्तै अवस्था रहे देशमा ठूलै विद्रोह हुने देखिन्छ । नेताहरु भागाभागको अवस्था आउन सक्छ श्रीलंकामा जस्तै ।

प्रतिक्रिया