३ आश्विन २०८१, बिहिबार | September 19, 2024

लायन्स इन्टरनेशनल डिस्ट्रिक्स ३२५ एस नेपालका क्लबहरुको खीर खुवाउने कार्यक्रम सम्पन्न


4.1k
Shares

काठमाडौं,१५ साउन । लायन्स इन्टरनेशनल डिस्ट्रिक्स ३२५ एस नेपालका क्लबहरुले खीर खुवाउने कार्यक्रम भव्यताका साथ सम्पन्न गरेका छन् ।

साउन १५ गते खीर खाने चाडको अवसरमा लायन्स क्लब काठमाडौं युनाइटेड सगरमाथा, लायन्स क्लब मकवानपुर इनोभेटिभ र लायन्स क्लब मकवानपुर सगरमाथा स्मार्टले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।

काठमाडौंका कमलादी गणेशस्थान,संकटा मन्दिर परिसर लगायत विभिन्न स्थानमा अति विपन्न व्यक्तिहरुलाई खीर खुवाउन पाउँदा आत्म सन्तुष्टिका साथै मानविय सेवाका कार्यमा लाग्न हौसला मिलेको लायन्स क्लब अफ मकवानपुर सगरमाथा स्मार्टका चार्टर प्रेसिडेन्ट सुरज अर्यालले बताउनु भयो । लायन्सले हंगररिलिफ सम्बन्धित रहेर विभिन्न यस्ता कार्यक्रमहरु गर्दै आएको छ ।

कार्यक्रममा लायन्स इन्टरनेशनलका डिस्ट्रिक को–एड्भाइजर भिकेएस ठकुरी, डिस्ट्रिक इक्जुकेटिभ चिफ जयेन्द्रलाल श्रेष्ठ,डिस्ट्रिक डेपुटी चिफ अरुणकुमार गुरुङ,चार्टर प्रेसिडेन्ट सुरज अर्याल,प्रेसिडेन्टहरु सरिता कार्की,सीमा लोहनीलगायत लायन्सका सम्पुर्ण सदस्यहरुको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया