३ आश्विन २०८१, बिहिबार | September 19, 2024

चालिसौं बर्षको मेरो गैरसरकारी संस्थाको योगदानको अवमूल्यन भयो : प्रधान


1.3k
Shares

काठमाडौं,१५ साउन । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिन निवेदन दिएका छन् । सोमबार बिहान सुनुवाइ समितिको सचिवालयमा प्रधानले आफ्नो बारेमा बाहिर दुष्प्रचार भएकाले काम गर्ने हौसला र इच्छा नभएको भन्दै निवेदन दिएका हुन् ।

उनले निवेदनमा लेखेका छन्,‘मेरो सम्बन्धमा संवैधानिक परिषदको सिफारिस प्रति निष्ठावान रहँदा रहदै पनि म केन्द्रीत मौजुदा दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाकी नरहेकोले भविष्यमा राज्यले प्रदान गर्ने जुनसुकै जिम्मेवारी निष्ठावान रहने वचनबद्धतासहित सिफारिस भएको निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिको लागि उम्मेदवारी कायम राख्न नचाहेकोले सम्मानित समिति समक्ष जानकारीको लागि अनुरोध गर्दैै सो अनुसार व्यवस्था हुन सविनय अनुरोध गर्दछु ।’

विहान ११ बजेका लागि बोलाइएको बैठकको समय पछि सारेर नेपाली कांग्रेस र एमालेका सांसदहरु छलफलमा जुटेका हुन् । सो छलफलमा नेताहरु प्रधानलाई निर्वाचन आयुक्तमा अनुमोदन गर्न नसक्ने निष्कर्षमा पुगेको बुझिएको छ ।
१५ सदस्यीय समितिमा प्रधानलाई अस्वीकृत गर्न दुई तिहाई बहुमत चाहिन्छ । सत्तारुढ कांग्रेस र एमाले मिल्नासाथ ९ जना हुन्छ भने राप्रपाले साथ दिएमा दुई तिहाइ पुग्ने सम्भावना थियो ।

 

प्रतिक्रिया