२२ भाद्र २०८१, शनिबार | September 8, 2024

इन्टरनेशनल ह्युमन राइट्स अर्गनाइजेनशका पदाधिकारीले राष्ट्रपतिलाई भेटे


3.2k
Shares

काठमाडौं,९ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग इन्टरनेशनल ह्युमन राइट्स अर्गनाइजेनशको अध्यक्ष भीकेएस ठकुरीसहित पदाधिकारीको टोलीले भेटवार्ता गरेका छन् । आज (बुधबार) राष्ट्रपति भवन शितलनिवासमा उक्त भेटवार्ता भएको हो ।

भेटवार्ताको क्रममा राष्ट्रपति पौडेललाई अध्यक्ष ठकुरी,महासचिव सुरज अर्याल र उपाध्यक्ष शिला न्यौपानेले फुलको गुच्चाले अभिनन्दन गरेका थिए । सोही क्रममा अध्यक्ष ठकुरीले अर्गनाइजेशनले आगामी ५ अगष्टमा वार्षिक उत्सव मनाउन लागेकोबारेमा जानकारी गराएका थिए ।

सो भेटमा महासचिव सुरज अर्यालले अर्गनाइजेनशको काम,कार्य र आगामी योजनाको बारेमा राष्ट्रपति पौडेललाई विस्तृत जानकारी गराए । अन्तर्राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा विभिन्न आयोगको माध्यमबाट पनि काम गर्दै आएको अर्यालले उल्लेख गरे ।

भेटवार्तामा राष्ट्रपति पौडेलले अर्गनाइजेशनले गरेका कामबारे निकै चासो राख्दै मानव अधिकारसम्बन्धी केही प्रश्न पनि गरेका थिए । अर्गनाइजेशनका अध्यक्ष ठकुरी,महासचिव अर्याल र उपाध्यक्ष शिला न्यौपानेलगायतले पौडेललाई ध्यानाकर्षण गराएका हुन् ।

प्रतिक्रिया