२२ भाद्र २०८१, शनिबार | September 8, 2024

चिनियाँ कम्पनीले ठेक्का लिएको बुटवल-नारायणगढ सडकखण्डको फेरि म्याद थपिने


1.2k
Shares

काठमाडौं, ७ साउन । चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले ठेक्का लिएको बुटवल-नारायणगढ सडकखण्डको विस्तार पूरा हुन वर्षौ लाग्ने निश्चित भएको छ । पटक पटक म्याद थपिएपनि निर्माण बल्ल आधा सकिएको छ । फेरि म्याद थप्न निर्माण कम्पनीले भौतिक पूर्वाधार मन्त्रालयसँग माग गरेको छ ।

सडक विस्तार सुरु भएको छ वर्ष भइसकेको छ । सडकको बेहाल छ । झन् वर्षाले आवतजावत्मा समस्या परिरहेको छ ।

बुटवल-नारायणगढ सडकखण्ड यात्रा गर्न यात्रुहरु तयार हुँदैनन् । जसका कारण हवाई यात्रुको चाप बढेको छ पश्चिम नेपालमा ।

२०७५ सालमा सुरु भएको सडक विस्तार २०८१ मा पनि पूरा नहुने भएपछि म्याद पुनः थपिने निश्चित छ । म्याद थपिएको थपियै गर्दा झन् अन्यौल बढेको छ ।

सडक विस्तार सुस्त भएपनि चिनियाँ कम्पनीले निर्माण समयमै सकिने भनी विगतमा भ्रम फैलाएको थियो । तर, फेरि म्याद थप्न पुग्नुले कम्पनी आलोचित भएको छ ।

प्रतिक्रिया