२२ भाद्र २०८१, शनिबार | September 8, 2024

अमेरिकाको प्रथम महिला राष्ट्रपतिको दौडमा कमला ह्यारिस


415
Shares

एजेन्सी, ७ साउन । अमेरिकाको राष्ट्रपतिको दौडबाट वर्तमान राष्ट्रपति जो वाइडेन बाहिरिएका छन् । डेमोक्रयाटिक पार्टीबाट उम्मेदवार चयन भइसकेका वाइडेन बुढ्यौलीका कारण दबाबमा परेपछि बाहिरिएका हुन् ।

वाइडेन रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँग पहिलो बहसमा कमजोर सावित भएपछि दबाबमा परेका थिए । उनलाई राष्ट्रपतिको दौड छाड्न डेमोक्रायाटिक पार्टीभित्रबाट नै दबाब थियो ।

वाइडेनले आफूले दौड छाडेको घोषणा गरेसँगै वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन् । तर, डेमोक्रायाटिक पार्टीभित्र उनी सर्वसम्मत या मतदानबाट उम्मेदवार चयन हुनुपर्छ ।

भारतीय मूलकी कमला ह्यारिस डेमोक्राटिक पार्टीको उम्मेदवार बन्ने प्रबल सम्भावना छ । तर, उनले डोनाल्ड ट्रम्पको कठिन चुनौतीको सामना गर्नुपर्ने हुन्छ ।

ट्रम्प राष्ट्रपति भइसकेका छन् । उनी अघिल्लो चुनावमा वाइडेनसँग झीनो मतान्तरले पराजित भएका थिए । उनी प्रचार प्रसारका क्रममा आक्रमणमा परे । गोली प्रहार हुँदा कानमा चोट लाग्यो । आक्रमणका बाबजुद बाँच्न सफल ट्रम्पको लोकप्रीयता बढेको छ अहिले ।

ट्रम्पले कमलाको सामना गर्नुपर्ने हुन्छ । कमला ह्यारिस चुनाव जिते अमेरिकाको प्रथम महिला राष्ट्रपति बन्नेछिन् त्यो पनि गैरश्वेतबाट । यसकारण पनि उनको सम्भावित उम्मेदवारीलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया