८ आश्विन २०८१, मंगलबार | September 24, 2024

बी.पी.स्मृति सामुदायिक अस्पतालले मनायो बी.पीको ४२औं स्मृति दिवस


1.5k
Shares

काठमाडौं, ६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद (बिपी) कोइरालाको ४२औं स्मृति दिवसमा बि.पी.स्मृति सामुदायिक सहकारी अस्पतालले विभिन्न कार्यक्रम आयोजना गरेर मनाएको छ ।

बिरामीहरुलाई फलफूल वितरण,निःशुल्क स्वास्थ्य शिविर संचालन,वृक्षरोपण,हेमो डाइलासिस सेवाको समेत उद्घाटन र वी. पी. कोइरालाको जीवनीमा आधारित वृत्तचित्र समेत प्रदर्शन गरिएको अध्यक्ष उमेश जंग रायमाझीले बताए ।

कार्यक्रममा डा.शेखर कोइरालाले बिरामीहरुलाई फलफूल वितरण गरेका थिए भने डा.शशांक कोइरालाले हेमो डायलेसिस उद्घाटन र नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले वृक्षरोपण गरेका थिए । आजै निशुल्क स्वास्थ शिविर पनि अस्पतालले संचालन गरेको थियो ।

बी.पी कोइरालाको तस्बिरमा माल्यापर्ण गरेपछि सुरु भएको स्मृति सभामा डा. शेखर कोइराला, डा.शशांक कोइराला,डा.केदार नरसिंङ के.सी. र डा.धन बहादुर रानालगायतले बीपीलाई स्मरण गर्दै आ–आफ्नो धाराणा राखेका थिए ।

स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष रायमाझीले अस्पताललाई व्यवस्थित र सातै प्रदेशमा बिस्तार गरिने जानकारी दिए । उनले भने–लोपोन्मुख जातका मानिसको निशुल्क उपचार गरिनेछ र शहिद परिवार, घाइते तथा अशक्त, गरिब नागरिकलाई सहुलियतमा सेवा प्रदान गर्नेछौं ।

 

प्रतिक्रिया