२२ भाद्र २०८१, शनिबार | September 8, 2024

राष्ट्रिय कृषि विद्यार्थी सम्मेलन कृषि विश्वविद्यालयमा प्रारम्भ


747
Shares

चितवन, ५ साउन। प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले कृषि विद्यार्थी प्रथम राष्ट्रिय सम्मेलन चितवनमा प्रारम्भ गरेको छ । चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रथम कृषि विद्यार्थी सम्मेलनको आयोजना गरेको हो ।

परिषद्ले कृषि शिक्षा क्षेत्रको वर्तमान अवस्थाको समग्र चिन्तन र सुधारको बारेमा आगामी दिशा तयका गर्नका लागि राष्ट्रिय कृषि विद्यार्थी सम्मेलनको आयोजना गरेको विद्यार्थी परिषद्ले जनाएको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले परिषद्को विचार नेपाली माटोको विचार र हामिले शुभारम्भ गर्न गइरहेको कार्यपनि नेपालीमाटोसँग जोडिएको कार्य भएकोले यो कृषि विद्यार्थी सम्मेलन कृषि शिक्षा पढने विद्यार्थीहरूका लागि महत्त्वपूर्ण हुने बताउनु भयो ।

उहाँले आज कृषक भन्ने वित्तिकै फाटेको कपडा, फाटेको चप्पल,निरास भएर आकासतिर हेरिरहेको आत्मविश्वास कम भएको देखिने,टेक्टरमा वसेको तस्वीर देखिन्छ तसर्थ हामीले कृषीलाई सम्मानित पेसाको रूपमा विकास र विस्तार गर्नु आवस्यक रहेको बताउनु भयो । उहाँले यस्तो तस्वीरलाई वदलेर खुसि, सम्पन्न, आत्मविश्वासपूर्ण किशान हामीले वनाउनु आवस्यक रहेको उल्लेख गर्नु भयो ।

उनले भन्नू भयो, ‘कृषि केवल खेती होइन, कृषी एक जिवन हो, हामीले कृषी क्षेत्रमा शिक्षा,अनुसन्धान,रोजगार, किशनाको सम्मान गरी कृषिलाई उद्यमको रूपमा विकास गर्नु आवश्यक रहेको छ ।’ हामि कृषिका विद्यार्थी हौ,म जुन पढ्दै छु मैले पढेको कारण मेरो देशलाई के राम्रो हुदै छ, हामीले विवाह गर्दा सरकारी कर्मचारी, बैंक , व्यापारीहरू प्रती जति आकर्षण, कृषिमा वनाउने कि नवनाउने रु नेपालमा बनेको, निर्माण गरेको कृषि सामग्रीको ब्राण्डिङ गर्ने कि नगर्ने रु साथै समृद्ध,सफल,सशक्त,सामर्थ र आत्मनिर्भर कृषी वनाउने उद्धेश्यका साथ कार्य गर्नु वर्तमानमा राष्ट्रको आवस्यकता रहेकोले सोहि दिशामा काम गर्न विद्यार्थीहरूलाई उत्प्रेरित गर्नु भएको थियोे ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको सभाहलमा सम्पन्न भएको उद्घाटन समारोहमा विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कण्डेल, राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख झलकनाथ कँडेल, कृषि उद्यमी छविजङ्ग ठकुरी, परिषद् कृषि तथा वन विज्ञान विश्वविद्यालय संयोजक विक्कि सिंह, रामपुर कृषि क्याम्पस संयोजक प्रकृति कण्डेल, सुदूरपश्चिम विश्विद्यालय कृषि क्याम्पस संयोजक गणेश वि कको विषेश उपस्थिति रहेको परिषद्ले जनाएको छ ।

उद्घाटन समारोहमा कृषि उद्यमी, व्यावसायी एवम् रोजगारदाता छविजङ्ग ठकुरीलाई कृषि उद्यमी सम्मानद्वारा परिषद्ले सम्मान पनि गरेको छ । ब्रिटिस आर्मीमा रहेर लामो समय काम गर्नु भएका उहाँले आफु स्वदेश फिर्ताभई आफ्नो देशको माटोमा केही काम गर्नु पर्छ भनी व्यावसायिक कृषि पेशा सञ्चालन गर्नु भइ उदाहरणीय कार्य गर्दै आइरहेकाले उहाँलाई सम्मान गरिएको परिषद्ले जनाएको छ ।

देवघाट धाममा जन्मेका छविजंग २०३९ देखि २०५२ सम्म ब्रिटिस आर्मिमा काम गरी नेपालको मायाले स्वदेश फर्किएर कृषि पेसामा लाग्नु भएको थियोे । उहाँले नवलपुर जिल्लाको ढोडेनिमा वगैचा कृषि फार्म सन्चालन गरी लिचि, आप ,केरा, निवुवा, एवोगार्डो कागती, ड्रागन फुड आदिको व्यावसायिक खेती गरी दर्जनौंलाई रोजगर दिँदै आइरहनु भएको छ ।

श्रावण ४ र ५ गते दुई दिनसम्म चल्ने सम्मेलनबाट कृषि क्षेत्रको र शिक्षाको विषयलाई लिएर विशेष प्रस्ताव पारित गर्दै कृषि कार्यका लागि राष्ट्रिय टोलीको गठन गर्ने परिषद्ले जनाएको छ ।

प्रतिक्रिया