११ पुस २०८१, बिहिबार | December 27, 2024

ओलीले दिलाए झापालीलाई अवसर नै अवसर


913
Shares

काठमाडौं, ३१ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापाली हुन् । झापाबाट २०४८ सालयता चुनावी प्रतिष्पर्धा गर्दै आएका उनले शक्तिमा आउँदा झापालीलाई निकै अवसर दिलाइरहेका छन् ।

ओलीले एमाले अध्यक्ष भएपछि झापाबाट धेरैलाई मन्त्री समेत बनाएका छन् । झापाकै देवराज घिमिरे सभामुख छन् ।

यसपटक झापाकै देवेन्द्र दाहाल भौतिक पूर्वाधारमन्त्री बनाइएका छन् । उनी ओलीका छिमेकी पनि हुन् ।

विगतमा झापाकै अग्नि खरेललाई पनि ओलीले मन्त्री बनाएका थिए ।

ओलीको पहलमा न्याय क्षेत्रमा धेरै झापालीले प्रवेश पाएका छन् । यसमा उनको ठूलो योगदान रहेको छ ।

कर्मचारीतन्त्रमा पनि झापालीले प्राथमिकता पाउने गरेका छन् । ओली प्रधानमन्त्री भएपछि झापालीले अवसर पाउने चर्चा फेरि चलेको छ ।

प्रतिक्रिया