२३ भाद्र २०८१, आइतबार | September 8, 2024

प्रचण्डको बीआरआई कार्ड


498
Shares

काठमाडौं, १२ असार । प्रधानमनन्त्री प्रचण्डले संसदमा बोल्दै मंगलबार चीनको विकाससम्बन्धी रणनीतिक परियोजना बीआरआईबारे महत्वपूर्ण अभिव्यक्ति दिए । उनले बीआरआई कार्यान्वयनमा चाँडै सम्झौता हुने मात्र बताएनन् ऋणमा भएपनि बढ्ने बताए ।

नेपाली काँग्रेसले बीआरआई अमेरिकी एमसीसी जस्तै अनुदान हुनुपर्ने अडान राखिरहँदा प्रचण्डको अभिव्यक्ति आएको हो । तर, सत्तारुढ रास्ववाले पनि बीआरआई अनुदानमा हुनुपर्ने विषय सारिसकेको छ ।

बीआरआई सहुलियतपूर्ण ऋणमा हुने प्रचण्डको भनाई आएपनि ऋणको ब्याज र मापदण्डबारे केही खुलाइएको छ । बीआरआई सम्बन्धी परियोजनाहरु बारे पनि विवाद छन् देशभित्र । विशेषगरी एमाले र माओवादीलाई राजनीतिक लाभ पुग्नेगरी बीआरआई ल्याउन खोजिएको छ त्यो पनि ऋणमा ।

बीआरआई प्रचण्डको कार्ड पनि हो चीनलाई खुशी पार्न । चिनियाँ उपमन्त्री सन वेडङ नेपाल भ्रमणमा रहेकै बखत प्रचण्डको भनाई आएको हो । उनी चीनको साथ पाएमा एमालेभित्र पनि पकड बढाउन सकिने रणनीतिमा छन् ।

त्यसो त बीआरआईको ऋणको भारले श्रीलंका र पाकिस्तान जस्ता देश समस्यामा परे । उनीहरुले ठूला परियोजनामा ऋणमा लगानी त ल्याए तर साँवा त के ब्याज समेत तिर्न सकेनन् । नेपाललाई पनि ऋणको माखेजालोमा पार्न खोजिएको त होइन भनी प्रश्न उठेको छ । प्रचण्डले भने त्यसको खण्डन गरे । उनी यसकारण पनि जसरी भएपनि चाँड्रै बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्ने तयारीमा छन् ।

प्रतिक्रिया