मेलम्ची फेरि बन्द

काठमाडौं, १० जेठ । मेलम्ची नदीमा बाढी आउन थालेपछि बाँधको मूलढोका बन्द गरिएको छ । योसँगै वर्षायामभर मेलम्चीको पानी आउनेछैन ।
मेलम्चीका नाममा ६० अर्बभन्दा बढी खर्च भइसक्दा पनि बाँधमा निरन्तर समस्या आइरहेको छ । मेलम्चीको नयाँ बाँध निर्माणको लागि बजेट विनियोजन भइसकेको छ । यसअघि बाँधको गेग्रेन सफा गर्ने नाममा १ अर्ब खर्च भइसकेको छ ।