आफुलाई मन पर्ने काम मात्र गर्नुहोस् !

काठमाडौं, १० असार । जब तपाई आफुलाई मन पर्ने काम गरिरहनुहुन्छ,तपाईमा निरन्तर उत्साह वृद्धि भैरहेको हुन्छ । तपाईसँग आवश्यक पर्याप्त समय र क्षमता छ भने आफ्ना लागि तपाई कुनै पेशा छान्न तपाई स्वतन्त्र हुनुहुन्छ ।
आफै बनेका करोडपतिहरूले यदि १ करोड जिते भने पनि उनीहरू आफुले गरिरहेको कामलाई निरन्तरता दिईरहन्छन् । बस,उनीहरू त्यस कामलाई फरक तरिकाले,अझै राम्रोसँग,उच्च तहमा गर्न चाहान्छन् । उनीहरू आफ्नो कामलाई यति धेरै माया गर्छन् कि त्यसलाई छोड्ने कुरा कहिले पनि गर्दैनन् ।
यद्यपि वयस्क अवस्थामा महत्त्वपूर्ण जिम्मेवारी यो हो कि जब धेरै फरक पेशा तथा कार्यले घेरिएको हुन्छौं ,तब आफ्ना लागि,आफुले साच्चै गर्न मन पराउने काम छान्नु र आफुलाई त्यस क्षेत्रमा समर्पित गर्नु । यो काम कसैले तपाईंका लागि गर्दिन सक्दैन् । सुरेन्द्र बहादुर खत्री सिलवाल