३ आश्विन २०८१, बिहिबार | September 19, 2024

योग दिवस मनाएर घर फर्कदै गर्दा योग प्रशिक्षक लक्ष्मीदेवीको दुर्घटनामा निधन


78k
Shares

ललितपुर, ८ असार । लक्ष्मीदेवी श्रेष्ठ शुक्रबार निकै व्यस्त थिइन् । उनी अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयोजित धेरै कार्यक्रममा सहभागी भइन् । योग प्रशिक्षक समेत रहेकी उनी आर्ट अफ लिभिङको त विशेष प्रशिक्षण दिन्थिन् ।

योग दिवसको व्यस्त कार्यक्रम सकेर महालक्ष्मी नगरपालिका वडा नं ६ स्थित सिद्धिपुरमा रहेको घर फर्कदै गरेकी लक्ष्मीदेवी सवार सवारी कोटेश्वरमा राति ८ बजे दुर्घटना भयो । उनको घटनास्थलमै निधन भयो ।

लक्ष्मीदेवीले योग प्रशिक्षकका रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याति कमाएकी छिन् ।

प्रतिक्रिया