७ आश्विन २०८१, सोमबार | September 24, 2024

संसदमा विकको प्रस्तावः वन,भूमि,कृषि र निकुञ्ज ऐन समय सापेक्ष बनाऔं


18.1k
Shares

काठमाडौं,१ असार । प्रतिनिधि सभा सदस्य रुपा विकले वन,भूमि,कृषि र निकुञ्ज ऐन समय सापेक्ष बनाउनु पर्ने प्रस्ताव राखेकी छिन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक २०८१ अन्तर्गत वन तथा वातावरण खानेपानी मन्त्रायलयमाथि खर्च कटौती प्रस्ताव पेस गर्दै सांसद विकले पुराना ऐन कानुनहरु विकास मैत्री र मानव मैत्री नभएको भन्दै संशोधन गर्नुपर्ने बताइन् ।

राष्ट्रिय निकुञ्ज र मध्यावर्ती क्षेत्रमा खुला सीमानामा बस्ने ठुलो समुदायबीच निकै ठुलो द्धन्द्ध भएको भन्दै उनले सरकारलाई ध्यानाकर्षण गराइन् । “निकुञ्ज स्थापना हुनु भन्दा पहिले बस्ती बसेकोले अब उनीहरुको गन्तव्य कहाँ भन्ने रणनैतिक कुरामा चुकेको छ, यदि समयमै ऐन,कानुन संशोधन गरिएन भने दुई पक्षबीचको द्धन्द्धले विकराल अवस्था लिने र राज्यको लागि नै ठुलो चुनौती बन्ने भएकोले यो समस्या समाधानका लागि पहल गरिनुपर्ने बजेट कार्यक्रममा आएन ।” उनले भनिन्,“वाइल्ड लाइभ्स र ह्युमान द्धन्द्धलाई न्युनिकरण र नियन्त्रण खालका कोष रणनैतिक कार्यक्रमले बजेट देखिएन वन्यजन्तु जस्तै हात्ती र बाघका लागि आहारका रुपमा मान्छे तयार गरे जस्तो देखियो ।”

सांसद विकले वन संरक्षण र सम्बद्र्धनका नाममा वनजन्य पदार्थको सही सदुपयोग गरी समुदायले फाइदा लिन नसकेकोमा पनि अन्तृष्टि जनाइन् । उनले भनिन्,“वनभित्र अरबौंको सम्पत्ति कुहिएर नष्ट भएको छ,त्यसको निकासी र व्यवस्थापन हुन सकेको छैन्। तर हामी काठ विदेशबाट आयात गरिरहेका छौं ।” कृषि र पशुपालनको क्षेत्रलाई बजेटले समेट्न नसकेको उनको भनाइ थियो ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया