सुनसरी क्षेत्र नम्बर ४ पिछडिएको होइन,पछाडी पारिएको होः नेता अन्सारी

काठमाडौं,२६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सुनसरीका महाधिवेशन प्रतिनिधि अबुल हुसेन अन्सारीले सुनसरी क्षेत्र नम्बर ४ पिछडिएको नभई पछाडी पारिएको भन्दै असन्तृष्टि जनाएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत एक विज्ञप्ती जारी गर्दै आफ्नो क्षेत्रलाई पछाडी पारिएको दाबी गरेका हुन् ।
युवा नेता अन्सारीले लेखेका छन्,“सुनसरी क्षेत्र ४ पिछडिएको होईन कदापि होईन, ३० बर्षदेखि पछाडि पारिएको हो । त्यहाका बासी केहि गर्ने सक्दैनन् वा केहि क्षमता छैन भन्ने हुदै होईन, यो त निम्छरो सोच भएकाहरुले फैलाएको दिग्भ्रम मात्रै हो । तथा भाडा लगाऊने भडुवाहरुको झुनडहरु,ठेकेदारहरु,हो आफनो फाईदा लिने बाँकीभाडमा जाने,तर अब ८४ मा हुदै–हुदैन ।”
समाजसेवामा अग्रसर समेत रहेका अन्सारीले असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुन नसक्ने पनि कटाक्ष गरेका छन् । “असफलता झेल्ने आँट नभएकाहरु सफलताका हकदार हुनै सक्दैनन ।”–उनले लेखेका छन् ।