१२ श्रावण २०८१, शनिबार | July 27, 2024

चाँगुनारायण नगरपालिकाको हेरक टोललाई विकसित र सक्षम बनाउने अभियानमा मेयर जीवन खत्री


1.6k
Shares

सुरेन्द्रबहादुर खत्री सिलवाल, भक्तपुर । चागुनारायण नगरपालिका भक्तपुरको द्रुत विकास र सुविधाका कारण व्यवस्थित शहरका रुपमा स्थापित भइरहेको छ । नगरपालिकाको हरेक वडा र टोललाई सुन्दर र सक्षम बनाउन मरिमेटेर लागेका छन् मेयर जीवन खत्री । उनले वीर अस्पताल दुवाकोटमै बन्ने र सडक पुर्ण कालो पत्रे छिटोभन्दा छिटो हुने बताए ।

शिक्षाको लागि बच्चालाई टाढाको विधालय पठाउन पर्ने अवस्था नरहेको जिकिर गर्दै शिक्षाको विकास तिव्र गतिमा भइरहेको जानकारी दिए । दुवाकोटबाट नगरका अन्य वडा अध्यक्षहरूले सिकेर विकासमा अगाडि बढ्न निर्देशन दिए।शिक्षा लाई वैज्ञानिक ,व्यहारिक वालमैत्री बनाईनुपर्नेमा उनको जोड रहेको छ।

सबैको भलो होस भन्ने सामाजिक भावना ,नैतिकता ले भरिपूर्ण र राष्ट्र बादि नागरिक बनाउन ,विधालय , परिवार र सरकारले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउँदै मेयर जीवन खत्रीले स्थानीय सरकार शिक्षा र वालबालिकाको विकासमा आफू प्रतिवद्ध भएर लागेको बताए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया