३१ भाद्र २०८१, सोमबार | September 17, 2024

युक्रेनमा नयाँ सत्तासँग मात्र कुरा गर्ने पुटिनको संकेत


581
Shares

एजेन्सी, १२ जेठ । युक्रेनसँगको युद्धमा रुसले नयाँ रणनीति अपनाएको छ । सैन्य बलमा रुसले युक्रेनको मुख्य भूभाग कब्जा गर्दै लगिरहँदा नयाँ रणनीति अपनाएको हो ।

रुसी रणनीतिमा वर्तमान युक्रेनी राष्ट्रपति जेलेन्स्कीको कार्यकाल सकिन लागेको र नयाँ चुनाव नभएपछिको अवस्थामा उनलाई त्यहाँको राष्ट्र प्रमुखका रुपमा अस्वीकार गर्ने रहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालैमात्र पत्रकारको प्रश्नमा जेलेन्सीको कार्यकाल सकिएपछि उनलाई वैध मान्न नसकिने बताइसकेका छन् ।

रुससँग युक्रेनको शान्तिवार्ताको विषय उठिरहँदा पुटिनले नयाँ पात्रको खोजी गरेका छन् । युक्रेनमा नयाँ सत्ताधारी स्थापित गर्ने र उसैसँग शान्ति प्रक्रियामा सहमति बनाउने पुटिनको रणनीति देखिन्छ ।

प्रतिक्रिया