३१ भाद्र २०८१, सोमबार | September 17, 2024

भारतको सहयोगमा दाङमा बाल जनता मावि र पद्मोदय माविको भवन निर्माण


332
Shares

काठमाडौं, १२ जेठ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको पौने २ अर्ब आर्थिक सहयोगमा निर्माण गरिएको दाङको लमही नगरपालिकास्थित श्री बाल जनता माध्यमिक विद्यालयकोे विद्यालय भवनको उद्घाटन भएको छ । शुक्रबार लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न बहादुर खत्री, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिकाका मेयर जोगराज चौधरी र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरे ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको २ करोड ८७ लाख आर्थिक सहयोगमा निर्माण गरिएको दाङको घोराही उप–महानगरपालिकास्थित श्री पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय भवनको पनि जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

श्री बाल जनता माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै प्रयोगशाला, प्रयोगशाला उपकरण, फर्निचर र दुई तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । त्यसैगरी श्री पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, दाङमार्फत यी परियोजनाको कार्यान्वयन गरिएको थियो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका माननीय मन्त्री, जिल्ला समन्वय समितिका प्रमुख, दाङका उप–महानगरपालिकाका मेयर र लमही नगरपालिकाका मेयरले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

श्री बाल जनता माध्यमिक विद्यालय र श्री पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयका नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया