३१ भाद्र २०८१, सोमबार | September 17, 2024

भारतको चुनावमा मोदीकै पल्लाभारी


1.7k
Shares

एजेन्सी, १२ जेठ । भारतमा लोकसभाको चुनाव अन्तर्गत आठौं चरणको मतदान चलिरहेको छ । अब अन्तिम चरणको मतदान १९ जेठमा हुँदैछ । २० जेठमा मतगणना हुने भएको छ । त्यसपछि चुनावी परिणाम आउनेछ ।

भारतको चुनावमा नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीले भारी बहुमत ल्याउने प्रक्षेपण गरिएको छ । भाजपा एक्लैले ३ सय सिट कटाउने प्रक्षेपण छ । भाजपाले त ४ सय सिट कटाउने लक्ष्य लिएको छ ।

मोदीका सामु विपक्षी गठबन्धन कमजोर सावित भएका छन् । भाजपाले उत्तर प्रदेश, मध्य प्रदेश, राजस्थान, गुजरात, झारखण्ड, उडिसा, हिमाञ्चल, उत्तराखण्ड, आसाम जस्ता राज्यहरुमा बलियो अवस्थामा राखेको छ । विहार, पश्चिम बँगाल, महाराष्ट्र, कर्नाटक, पञ्जाब जस्ता राज्यहरुमा पनि गठबन्धन दलसँग मिलेर बलियो अवस्था बनाएको छ ।

पश्चिमा, चिनियाँ देखि भारतीय मिडियाले पनि मोदी ऐतिहासिक तेस्रो कार्यकाल प्रधानमन्त्री हुने खबर प्रकाशन तथा प्रशारण गरिरहेका छन् ।

प्रतिक्रिया