७ आश्विन २०८१, सोमबार | September 24, 2024

उर्जा क्षेत्रको विकासको लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा विज्ञहरुको जोड (भिडियोसहित)


1.9k
Shares

काठमाडौं,११ जेठ । उर्जाको उत्पादन र खपत बढाउन एकिकृत विकास रणनीति तय गर्न तथा नीजि क्षेत्रलाई प्रोत्साहन गर्न विज्ञहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

जय नेपाल फाउण्डेशनले काठमाडौंमा शुक्रबार आयोजना गरेको देश विकास र रोजगारी सृजनामा हाइड्रोपावरको भूमिका विषयक अन्तरिक्रियामा सहभागीहरुले उर्जा सुरक्षा र विविधिकरण जरुरी रहेको बताउँदै आत्मनिर्भर उर्जा प्रणाली विकास गर्न,स्वदेशी उद्यमी व्यवसायीहरुलाई प्राथमिकता दिन र क्षमता विस्तार गर्ने नीति र तदरुकता जरुरी रहेको उल्लेख गरेका छन् ।

कार्यक्रममा उर्जा क्षेत्रका विज्ञहरु,सुर्यप्रसाद अधिकारी,कृष्ण प्रसाद अवस्थी,डा.नारायण अधिकारी,डा.लता घिमिरे,प्रा.डा.राजेन्द्रराज वाग्ले,डा.राजेश्वर सिंह,रोहिणी पौडेल,लक्ष्मण वियोगी, सरस्वती ढुंगाना, भावुक न्यौपानेले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

 

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष बद्री अर्याल र संस्थापक केन्द्रीय सदस्य बिजुला वर्माले फाउण्डेशनको स्थापना र भावि कार्ययोजनाबारे उल्लेख गर्नुभएको थियो । अन्तरक्रियामा संस्थाका संस्थापक सदस्य सदस्य सचिव विजयराज अधिकारी,सदस्य योगेन्द्र राई,ज्ञानु तिमिल्सिना लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया