बेलायतका राजाभन्दा प्रधानमन्त्री धनी

एजेन्सी, ५ जेठ । बेलायतका राजा चार्ल्सभन्दा प्रधानमन्त्री ऋषि सुनक धनी भएका छन् । सुनकले चार्ल्सलाई सम्पत्तिमा उछिनेको रिपोर्ट सार्वजनिक भएको छ ।
अन्तर्राष्ट्रिय समाचारका अनुसार सुनक र उनकी पत्नी अक्षता मूर्तिको सम्पत्ति १२ करोड २० लाख पाउण्ड बढेको छ । अब उनीहरुको सम्पत्ति ६५ करोड १० लाख डलर पुगेको छ । यो नेपाली रुपैयाँ एक खर्बभन्दा बढी हो ।
चार्ल्स गत वर्ष सुनक परिवारभन्दा धनी थिए । यो वर्ष सुनक परिवारले उछिनेको छ ।
बेलायतमा सबैभन्दा धनी भारतीय मूलका व्यापारी गोपी हिन्दुजा नै रहेका छन् । आठौं धनीमा पनि भारतीय मूलयका लक्ष्मी मित्तल र परिवार रहेका छन् ।