४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

संसदमा ओली गुण्डाशैलीमा उत्रिएः विश्लेषक रायमाझी


9.2k
Shares

काठमाडौं,५ जेठ । राजनीतिक विश्लेषक एवं लेखक प्रकाश रायमाझीले राजनीतिक दलहरुले संसदलाई लडाइ झगडा गर्ने थलोको रुपमा विकसित गर्दै लगेको टिप्पणी गरेका छन् । दल र नेताहरुले संसदलाई आफ्नो स्वार्थ अनुसार प्रयोग गर्न खोजेको पनि उनको भनाई छ ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै विश्लेषक रायमाझीले यस्तो बताएका हुन् । “राजनीतिक दलहरु जनता र देशप्रति जवाफदेहि देखिएनन्, परिपक्क भनिएका केपी ओली संसदमा गुण्डागर्दी शैलीमा उत्रिए,गगन थापाहरु पनि आक्रामक रुपमा देखिए ।”–उनले भने,“जसको परिणाम संसदमा धकेलाधकेलको वातावरण सिर्जना भयो ।”

जनताले देशको मुहार फेर्ने सपना देखेपनि नेताहरु संसदमै विवाद गरेर सारा नेपालीको धज्जी उडाएको उनको तर्क छ । जनताका सपना चकनाचुर पार्ने प्रयास नेताहरुबाट भइरहेको उनले दाबी गरे । उनले भने,“संसदको नाटकले आम जनता विरक्तिएर देश छाड्ने अवस्थामा पुगेका छन्,जसको कारण नेताहरुको अर्कमण्यता,लाचारीपन र उनीहरुको अदुरदर्शिता नै हो ।”

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको प्रसंगमा कुरा गर्दै लेखक समेत रहेका रायमाझीले रविले रकम अपचलन गरेको ठोकुवा गर्दै प्रहरीले गृहमन्त्रीलाई जोगाएर रविको नाममा पैसा जम्मा गर्न जाने चालक,कार्यालय सहयोगीलगायतलाई मुख्य अभियुक्त बनाएर मुद्दा चलाएको पनि उनले आरोप लगाए ।

गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यायलले सफाइ ‘क्लिन चिट’ दिएकोमा असन्तुष्टि जनाउँदै रायमाझीले भने,“यो अत्यन्तै लज्जास्पद कुरा हो,यो सरकार हो की प्रतिपक्षी हो त्यो पनि थाहा भएन । सरकारले रविमाथि आफै अनुसन्धान गर्नुपर्ने हो तर प्रधानमन्त्री प्रचण्ड आफै रवि निर्दोष हुन् भनिरहेका छन् । महान्यायधिवक्ताको कार्यालयको सफाइले सरकारमात्र होइन अहिलेको व्यवस्था नै असफल भएको देखिन्छ ।”

प्रतिक्रिया