सन्दीप लामिछानेको मुद्दामा आजै फैसला आउनसक्ने

काठमाडौं, १ जेठ । नेपालका पूर्व राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई चलिरहेको छ । उच्च अदालत पाटनमा चलिरहेको बहसमा समय निर्धारण गरिएको छ ।
बहसमा सन्दीपका पक्षधर कानून व्यवसायीहरुले जर्बजस्ती करणी नभई सहमतिमा सम्बन्ध राखेको जिकिर गरिरहेका छन् । उनीहरुले लामिछाने निर्दोष रहेको दाबी गरेका छन् ।
सुनुवाईपछि आजै फैसला आउनसक्ने बुझिएको छ ।