१० असार २०८३, बुधबार | June 24, 2026

चितवनमा मतदानको तयारी, प्रधानमन्त्री बालेन काठमाडौं फर्किए


415
Shares

काठमाडौं । चितवनमा नेतृत्व चयनको लागि मतदानको तयारी भइरहँदा रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किएका छन् ।

उनी भरतपुरबाट आज बिहान काठमाडौं फर्किएका हुन् ।

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत निर्वाचित भए पनि अन्य पदको लागि निर्वाचन हुँदै छ ।

पहिलो चरणमा हुन लागेको केन्द्रीय सदस्यको निर्वाचनमा समेत मतदान नगरी बालेन काठमाडौं आएका छन् । ९९ जना केन्द्रीय सदस्यको लागि आज निर्वाचन हुँदैछ ।

छोरी र पत्नीसहित आइतबारदेखि चितवनमा रहेका शाह त्यहाँस्थित लटौली सेन्चुरी रिसोर्टमा बसेका थिए । काठमाडौं फर्किनुअघि उनले पारिवारिक फोटो राख्दै ‘भिजिट चितवन, न्यानो ठाउँ’ लेखेका छन् ।

प्रतिक्रिया