१२ श्रावण २०८१, शनिबार | July 27, 2024

श्रीमतीको अश्लील भिडियो बाहिरिएपछि अपराधी खोज्दै जाँदा श्रीमान् पक्राउ


2k
Shares

काठमाडौं, १ जेठ । युवतीको अश्लील भिडियो र तस्बिर सामाजिक सञ्जालमा बाहिरियो । त्यसपछि युवती पीडामा परिन् । उनकी दिदीले साइबर ब्यूरोमा उजूरी गरिन् ।

भिडियो र तस्बिर कस्ले अपलोड गर्यो भन्ने पत्ता लगाएर कारबाही गर्न ब्यूरो सक्रिय भयो । निकै खोजी गर्दा तस्बिर बाहिर ल्याउने युवतीकै श्रीमान् फुर्साङ रुम्बा रहेको खुल्यो ।

२४ वर्षीय रुम्बालाई साइबर ब्यूरोल पक्राउ गरेको छ । उनी वैदेशिक रोजगारीमा जाँदा श्रीमतीसँग ह्वाट्सएपमा अश्लील अङ्ग देखाउन भन्थे र भिडियो र तस्बिर सेभ गर्थे । त्यही भिडियो नै उनले बाहिर ल्याएर पत्नीको बदनाम गरे ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया