घोप्टो परेको अवस्थामा पुरुष मृत भेटिए

काठमाडौं,१ जेठ । काठमाडौंमा एक जना पुरूषको शव फेला परेको छ । आज बिहान ७ बजे काठमाडौं–४ सुकेधारा चोकस्थित नालामा पुरूष मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार खोटाङ हलेसीतुवा चुङ नगरपालिका– ७ घर भई काठमाडौंको चाबहिल बस्ने ४४ वर्षीय भिषण गिरीको हो ।
मृतक गिरी घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए। शव पोष्टमर्टमको लागि शिक्षण अस्पताल लगिएको छ ।