३१ भाद्र २०८१, सोमबार | September 17, 2024

एमालेको मत सुरक्षित रहेको सन्देश हो सुहाङ नेम्वाङको जित


415
Shares

काठमाडौं, १८ वैशाख । २०७९ को मंसिरमा भएको चुनावमा इलाम २ मा सुभाषचन्द्र नेम्वाङले चुनाव जित्दा ३० हजार मत कटाएका थिए । उनको निधनपछि रिक्त सिटको उपनिर्वाचनमा उनका छोरा सुहाङ नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे ।

सुहाङको मत बाबुको भन्दा झण्डै २५ सयले मात्र कम हो । यसबाट पनि एमालेको मत सुरक्षित देखिन्छ त्यहाँ ।

नेपाली काँग्रेसबा डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । उनले २०७९ को चुनावमा झण्डै ३० हजार मत प्राप्त गरेका थिए । यस हिसाबले उनको मत ८ हजारले घटेको छ ।

पहिचानवादी डेकेन्द्र सिंह लिम्बूले ११ हजार ४५७ मत ल्याए । यसले पहिचानवादीलाई उत्साही बनाउन सकेको छ ।

सबैभन्दा ठूलो झड्का रास्वपालाई परेको छ । रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत मात्र प्राप्त गरे ।

यसअघिको उपनिर्वाचनमा दुवै क्षेत्र जितेको रास्वपाको लोकप्रीयतामा ब्रेक लागेको देखियो इलाममा । यसले उक्त दललाई ठूलै धक्का लागेको छ ।

मुख्य दलहरुमध्ये एमालेले सबैभन्दा बलियो गरी मत जोगाएको देखिन्छ यसपटक । बरु पहिचानवादीको नाममा इलाममा प्रभाव बनेको छर्लंग छ । यसले भविष्यको राजनीतिलाई रोचक मोडतर्फ लानसक्छ ।

प्रतिक्रिया