इलाम २ मा सुहाङलाई अग्रता

काठमाडौं, १६ वैशाख । इलाम क्षेत्र नं २ को उपनिर्वाचनको मतगणनामा सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । उनले नेपाली काँग्रेसका डम्बरबहादुर खड्कालाई पछि पारेका हुन् ।
सुहाङले २५४२ मत ल्याउँदा खड्काले २१९७ मत ल्याएका छन् ।
धरानका मेयर हर्क साम्पाङको समर्थनमा पहिचानवादीको रुपमा मैदानमा रहेका डेकेन्द्र सिंह लिम्बू ५९३ मतले तेस्रो स्थानमा छन् । रास्वपाका मिलन लिम्बू ३७९ मतले चौथो स्थानमा छन् ।