इलाम २ मा सुहाङले घटाए मतान्तर, कस्को कति मत

काठमाडौं, १६ वैशाख । इलाम क्षेत्र नं २ को उपनिर्वाचनको मतगणनामा नेपाली काँग्रेसका डम्बरबहादुर खड्काले अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेका सुहाङ नेम्वाङले पछ्याइरहेका छन् । सुहाङले मतान्तर घटाएका छन् ।
खड्काले १६५५ मत ल्याउँदा नेम्वाङको १६३० मत ल्याएका छन् । नेम्वाङ पूर्वसभामुख सुभाषचन्द्र नेम्वाङका छोरा हुन् ।
धरानका मेयर हर्क साम्पाङको समर्थनमा पहिचानवादीको रुपमा मैदानमा रहेका डेकेन्द्र सिंह लिम्बू ४३० मतले तेस्रो स्थानमा छन् । रास्वपाका मिलन लिम्बू ३०८ मतले चौथो स्थानमा छन् ।