१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भारतको सहयोगमा ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण


581
Shares

काठमाडौं, १४ वैशाख । भारत सरकारको आर्थिक सहयोेगमा चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको द इम्ब्याकमेन्ट एण्ड लन्चिङ एप्रोन ढुंगेखोला रिभर ट्ेनिङ वर्कश परियोजनाको उद्घाटन भएको छ । शुक्रबार खैरहनी नगरपालिकाका मेयर शशी कुमार खनिया र भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रुपमा उक्त परियोजनाको उद्घाटन गरेका हुन् ।

भारतको ३ करोड ६७ लाख आर्थिक सहयोगमा परियोजना निर्माण भएको हो । कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, परियोजना उपभोक्ता समितिका प्रतिनिधि र समाजसेवीको पनि उपस्थिति रहेको थियो ।

नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग स्थानीय समुदायका मानिसहरुका लागि भनेर चितवनको खैरहनी नगरपालिकामा पर्ने ढुङ्ग्रे खोलामा तटबन्ध र खोलाको बहावलार्ई नियमन गर्न एवम् नियन्त्रणमा राख्न खोला किनारा वरपर बनाइने संरचनाको निर्माणमा उपयोग गरिएको थियो ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको जनाइएको छ । यो परियोजना चितवनको खैरहनी नगरपालिकामार्फत कार्यान्वयन गरिएको हो ।

कार्यक्रममा बोल्दै खैरहनी नगरपालिकाका मेयर र परियोजना उपभोक्ता समितिका प्रतिनिधिले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माणले खेतीयोग्य जमिनको कटान, वनफँडानी, अनियन्त्रित खोलाको बहाव, बाढीका कारण स्थानीयले बारम्बार आफ्नो थातथलो छोड्नुपर्ने बाध्यता रोकिनुका साथै नदीको गतिसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्न र प्राकृतिक विपद्सँग जुझ्न, पूर्वतयारी गर्न र सहनशील बन्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया