५ आश्विन २०८१, शनिबार | September 22, 2024

दलका नेता कार्यकर्ता बनेका शिक्षकलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको परिपत्र


415
Shares

काठमाडौं, १२ वैशाख । राजनीतिक दलको नेता कार्यकर्ता बनेका शिक्षकलाई पदबाट तत्काल हटाउन शिक्षा मन्त्रालयले परिपत्र जारी गरेको छ । शिक्षा मन्त्रालयले ७ वैशाखमा जारी गरेको परिपत्रमा राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको शिक्षक या कर्मचारीलाई कारबाही गर्न भन्दै परिपत्र जारी गरेको हो ।

देशभर सामुदायिक शैक्षिक संस्थाका शिक्षक तथा कर्मचारी राजनीतिक दलको महत्वपूर्ण पदमा समेत रहेको उजूरी बढेपछि मन्त्रालयले एक्सन लिएको हो ।

शिक्षामन्त्री सुमना श्रेष्ठले ४ वैशाखमा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएको जस्ता विषय उल्लेख गरी मन्त्रालयमा प्राप्त निवेदनहरुका सम्बन्धमा ऐन अनुसार र अदालतको परमादेश आदेश समेतको आधारमा कारबाही गर्न निर्णय गरेकी थिइन् । यसकै आधारमा मन्त्रालयले पछिल्लो परिपत्र जारी गरेको हो ।

देशका अधिकांश दलमा आवद्ध भई शिक्षक तथा कर्मचारीले जिम्मेवारी पाएको काममा भन्दा राजनीतिक गतिविधिमा सक्रियता देखाएको विषय उठेको थियो । यस विषयमा प्राज्ञिक विद्यार्थी परिषद्ले तथ्यांक र तथ्य समेत संकलन गरी देशभर उजूरी अभियान चलाएको थियो ।

प्रतिक्रिया