१२ श्रावण २०८१, शनिबार | July 27, 2024

छोरासँग उखुको जुस पिउन गएकी महिला शिक्षिकाको मृत्यु


664
Shares

एजेन्सी,१२ वैशाख । भारतको औरंगाबादको अम्बाको औरंगाबाद रोडमा रहेको माछा बजार नजिक उखुको जुस पिउन पुगेकी एक महिला शिक्षिकाको मृत्यु भएको छ ।

उखुको जुस पिउने क्रममा उनको स्कार्फ जुस डिस्पेन्सरमा अड्किएपछि उनको घाँटी थिचिएर मृत्यु भएको हो । स्कार्फ घाँटीमा कसिलो भएर अड्किएपछि उनको मृत्यु भएको हो । मृत्यु हुनेबित्तिकै हंगामा मच्चियो । मृत्यु हुनेमा अम्बाको देवची बिघा गाउँकी शिक्षिका ममता कुमारी रहेका छन् ।

ममता माध्यमिक विद्यालय तेल्हारामा कार्यरत थिइन् । शिक्षिकाको विवाह नविनगर निवासी राजकुमार तिवारीसँग भएको थियो । कुटुम्बा ब्लकमा पञ्चायत शिक्षिकामा छनोट भएपछि उनी १४ वर्षका छोरा र श्रीमान्सँगै मामाघर देवची बिघामा बसेर विद्यालय आउने गर्थिन । शनिबार साँझ उनी छोरासँग आवश्यक कामको लागि बजार आएकी थिइन् ।

उखुको जुस पिउने क्रममा उनको स्कार्फ जुस डिस्पेन्सरमा अड्किएपछि उनको घाँटी थिचेर मृत्यु भएको हो । नजिकैका मानिसहरूले डिजेलको इन्जिन बन्द गर्दा महिला शिक्षिकाको मृत्यु भइसकेको थियो। खबर पाएलगत्तै मृतकका आफन्तले घटनास्थलमा पुगेर उनलाई उपचारका लागि कुटुम्बा रेफरल अस्पताल पुर्याएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यसैबीच घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको अम्बा प्रहरीले उखुको रस निकाल्ने मेसिनलाई नियन्त्रणमा लिएको छ । कारबाहीपछि शवलाई पोष्टमार्टमका लागि औरंगाबाद सदर अस्पतालमा पठाएको प्रहरीले जनाएको छ । पोष्टमार्टमपछि अन्तिम संस्कारका लागि शव आफन्तलाई बुझाउने छ ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया